बर्दिबासमा भैरवको मूर्ति चोरी

श्रोत : ईन्टरनेट

२६ कार्तिक, काठमाडौं ।  महोत्तरीको बर्दिबासमा भैरवको मूर्ति चोरी भएको छ । बर्दिबासस्थित नवनिर्मित दुर्गा मन्दिरमा रहेको भैरवको मूर्ति बिहिबार चोरी भएको हो । स्थानीयका अनुसार मन्दिरको झ्याल तोडफोड गरी उक्त मूर्ति चोरी भएको हो । 

मूर्तिलाई दसैंको सप्तमीको दिन औपचारिक रूपमा स्थापना गरिएको थियो । मूर्ति चोरी भएपछी त्यहाँका स्थानीयले मूर्ति खोजिदिन भन्दै इलाका प्रहरी कार्यालय बर्दिबासमा मौखिक उजुरी दिएका छन् । मौखिक उजुरीपछि प्रहरीले खोजी कार्य गरिरहेको छ । 

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here