बबरमहलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

३ मंसिर, काठमाडौं । काठमाडौंको बबरमहलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

शुक्रबार बिहान करिब २ बजे माइतीघरबाट बबरमहल जाँदै गरेको बागमती प्रदेश ०२-०२४ प ६७७१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।

frontline

दुर्घटना हुँदा मोटरसाइकल पछाडि बसेका एक जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले जानकारी दिए। 

जेब्रा क्रसिङनेर मोटरसाइकल पल्टिँदा पछाडी सवार काभ्रे घर भएका २१ वर्षीय रोहन मलेकारको टाउकोमा चोट लागेको थियो।

काभ्रे घर भई काठमाडौंको पेप्सीकोला बस्दै आएका १८ वर्षीय चालक रूपक केसी पनि घाइते भएका थिए। 

उनीहरू दुबैलाई अन्नपूर्ण न्युरो अस्पताल लगिएको थियो। मलेकारको उपचारको क्रममा बिहान २:५५ मा मृत्यु भएको प्रहरी नायब उपरीक्षक शाहले बताए। 

चालक केसी भने सामान्य छन्। अहिले उनी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा छन्।

एक प्रहरीका अनुसार उनीहरू राति ठमेलबाट घर फर्किँदै थिए। उनीहरू साथी हुन्। तीव्र गतिका कारण दुर्घटना भएको देखिएको उनले बताए। चालकले मापसे गरेको ट्राफिक प्रहरीको ब्रेथलाइजरमा देखिएको थिएन।

मृतक मलेकारको शव पोष्टमार्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा राखिएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here