बबई नदीमा बेपत्ता दुई किशोरी भेटिएनन्

६ कात्तिक, दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुर नजिकै बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई किशोरी फेला पर्न सकेका छैनन् ।

बबई नदीमा नुहाउने क्रममा शनिबार दिउँसो १ बजे दंगिशरण गाउँपालिका–२ की १४ वर्षीया रमा शाह र सल्यानको दमाचौर गाउँपालिका– १ की १४ वर्षीया गोमा चन्द डुेबर बेपत्ता भएका थिए।

frontline

डुबेर बेपत्ता भएको खबर पाएलगत्तै सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले खोजी गरेका थिए । तर रात परेपछि उनीहरूको खोजि गर्न नसकिएको र आज (आइतबार) पुन: खोजी गरिने इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।

उनका अनुसार बबई नदी गहिरो रहेकाले बेपत्ता किशोरीहरुको खोजी कार्यमा कठिनाइ भइरहेको छ  ।  आज आइतबार नेपालगञ्जबाट गोताखोरको टोली बोलाएर किशोरीहरूको खोजी गरिने डिएसपी मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here