बन्द रहेका ७ उद्योगमध्ये ५ वटाको डीडीए रिर्पोट तयार, २ वटाको बाँकी

२९ असोज, काठमाडौं । सरकारले विगत लामो समयदेखि बन्द रहेका ७ उद्योगमध्ये पाँच वटा उद्योगको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) रिर्पोट तयार पारेको छ । दुई वटाको भने बाँकी रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

‘बजेट वक्तव्यमा उल्लेख गरे बमोजिम सातवटा प्रतिष्ठानहरूको सम्पत्ति र दायित्वको मूल्यांकन डिडिए कार्य भइरहेको छ । यस मध्ये पाँच वटाको डीडीए रिर्पोट प्राप्त भै सकेको छ भने बुटवल धागो कारखाना लि. र नेपाल आरिण्ड म्याग्नेसाईट प्रा. लि. को सम्पत्ति र दायित्वको मूल्यांकन भइरहेको छ’, अर्थ मन्त्रालयले संघीय संसद् सचिवालयलाई पठाएको एउटा लिखित प्रश्नको जवाफमा उल्लेख छ ।

frontline

डीडीए रिर्पोट भएसँगै उक्त रिर्पोट समेतको अध्ययन गरी सरकारले निजी-सार्वजनिक साझेदारीको उपयुक्त मोडल चयन गरी लगानी व्यवस्थापन गर्ने अर्थ मन्त्रालयले जनाएको छ ।

सरकारले लामो समयदेखि बन्द अवस्थामा रहेका सातवटा ठूला सरकारी उद्योगहरूलाई सार्वजनिक-निजी साझेदारी (एएए) मोडलमा पुन: सञ्चालन गर्ने प्रक्रिया सुरु गरेको छ । यस अन्तर्गत डीडीए रिर्पोट तयार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here