बन्द गरिएका रात्रिकालीन व्यवसायहरु आजदेखि खुला हुने

१ फागुन, काठमाडौं । कोरोनाभाइरस (कोभिड-१९) संक्रमणको जोखिमलाई मध्यनजर राख्दै बन्द गरिएका रात्रिकालीन व्यवसायहरु आइतबारदेखि खुला हुने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले अघिल्लो साता गरेको निर्णय अनुसार १ फागुनदेखि रात्रिकालीन व्यवसाय खुला हुने उल्लेख छ ।

frontline

यसअनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबजस्ता रात्रिकालीन व्यवसाय खुला भएका हुन् ।

आइतबारदेखि हेल्थ क्लब तथा जिमखाना समेत सञ्चालनमा आएका छन् । स्वीमिङ पुल र फुटसल समेत आइतबारदेखि सञ्चालनमा आएका हुन् ।

रात्रिकालीन व्यवसाय बढीमा रातको १० बजेसम्म मात्र चलाउन पाइने भएको छ । यस्तो व्यवसाय सञ्चालनका दौरान जनस्वास्थ्य र सुरक्षाको मापदण्ड भने पालना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयको निर्णयमा उल्लेख छ ।

होटल, रेस्टुरेन्ट र क्यासिनो भने यसअघि नै चलाउन पाइने निर्णय भएको थियो । सो क्रममा समेत काेरोना विरुद्ध तोकिएका स्वास्थ्य मापदण्डको भने पालना गर्नुपर्छ ।

हेर्नुहोस् सूचनाः

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here