बन्दका कारण बर्दियाको जनजीवन प्रभावित

फाइल तस्बिर

७ भदौ, गुलरिया । नेपाल बन्दका कारण बर्दियाको जनजीवन प्रभावित बनेको छ। बन्दले लामो तथा छोटो दूरीका सवारी साधनहरू नियमित सञ्चालन हुन सकेका छैनन्। बजार, उद्योग, कलकारखाना तथा विद्यालयहरू ठप्प छन्।  

बर्दियाको हुलाकी सडकखण्डमा सवारी साधन चलेका छैनन्। पूर्वपश्चिम राजमार्गमा प्रहरीको स्कटिंगमा केही सवारी साधनहरू गन्तव्यतर्फ पठाइएको छ। कुटनीतिक नियोग तथा अत्यावश्यक सेवाका सवारी साधनलाई भने कुनै अवरोध भएको छैन। 

frontline

नेपाल कम्युनिष्ट पार्टी (विप्लव), नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा माओवादी समाजवादीले संयुक्त विज्ञप्ति जारी गर्दै मंगलबार नेपाल बन्द घोषणा गरेका हुन्। 

बर्दियाको गुलरिया नगरपालिकाअन्तर्गत बबई क्याम्पसदेखि एक किलोमिटर अघि पर्ने बुढीखोला पुल नजिकै राखिएको शंकास्पद वस्तु नेपाली सेनाको बज्रदल गण गुल्म गुलरियाको बम डिस्पोजल टोलीले नष्ट गरेको छ। 

मधुवन नगरपालिकाको १४ नम्बर चोकमा राखिएको वस्तु पनि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर शाहीले बताए।      

बन्दका क्रममा कुनै पनि अप्रिय घटना नभएको प्रहरीले जनाएको छ। जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ। जोखिमपूर्ण स्थानहरूमा प्रहरीसँगै मोबाइल गाडीहरू परिचालन गरिएको एसपी शाहीले बताए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here