बनेपा–नाला–भक्तपुर सडक पुनः अवरुद्ध

२३ असार, काभ्रेपलाञ्चोक । पुण्यमाता खोलाको पुल भाँचिएर ह्युमपाइप राखेर खुलाइएको बनेपा–नाला–भक्तपुर सडकखण्ड पुनः अवरुद्ध भएको छ ।

आइतबार साँझदेखि नाला क्षेत्रमा परेको वर्षाको कारण ह्युमपाइप माथिको माटो बाढीले बगाइदिएपछि सडक बन्द भएको इलाका पहरी कार्यालय बनेपाले जनाएको छ ।

frontline

फलाममा अड्याइएको पुल शुक्रबार राति भाँचिएपछि बनेपा–नाला–भक्तपुर सडकखण्डको पुण्यमाता खोलामा बनेपा नगरपालिका र सडक विभागको पहलमा आइतबार बिहानमात्रै ह्युमपाइप राखेर खुलाइएको थियो ।

अरनिको राजमार्गको धुलिखेल–सूर्यविनायक सडकको वैकल्पिक मार्गसमेत रहेको सडकमा पूर्णरुपमा बन्द भएको छ ।

बनेपा–नाला–भक्तपुर सडक

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here