बडिमालिका जडाङ्गमामा माघ महिना भित्र बेलिबिज्र बनिसक्ने
बडिमालिका नगरपालिकाको साँफे मार्तडी सडक खण्ड अन्तर्गत जडाङ्गमा नदिमा माघ महिना भित्र बेलिबिज्र बनिसक्ने सडक डिभिजन साँफे बगरका प्रमुख ललित खनालले वताएका छन् । सडक डिभिजन कार्यलय साँफेबगरले बेलिब्रिज ढुवानी देखि निर्माणका लागि १ करोड ८८ लाखको ठेक्का खोलेको थियो ।
ठेक्का खोलेर पनि सम्झौता प्रक्रियामा अगाडि बढीसकेको खनालले वताएका छन् । M/S MK Builders and Construction Company Pvt. Ltd., Dhangadhi, Kailali को नाममा ठेक्का स्वीकृत गर्ने आशय निकालिसकेको छ । माघ महिनाको मसान्त सम्म काम सम्पन्न गरीसक्ने वताए ।
कैलालीको गोदावारीमा मौज्जात रहेको बेलिब्रिज ल्याउने गरि काम शुरु भएको सडक बिभागले बताएको छ । मार्तडी सम्म चाडो भन्दा चाडो गाडि पुयाउनका लागि लागि परेका छौ, चाडै सम्पन्न् गर्ने खनालले बडिमालिका खबरलाइ बताएका छन् ।
साउन २५ गते राति बुढिगंगा नदिमा आएको बाढिले बेलिब्रिज वगाएको थियो । नदिमा रहेको बेलिब्रिज बगाएपछि सदरमुकाम मार्तडी सम्मको सडक सम्पर्क बिच्छेद भएको थियो । पुरानै बगाएको ठाँउमा उपयुक्त ठाँउ हेरेर बेलिबिज्र निर्माण गर्ने लागेको सडक डिभिजन कार्यलय साँफे बगरका ईन्जिनियर दमन बिष्टले वताएका छन् ।
बाजुरामा बाढिले बेलिब्रिज सँगै सडक लगायत बस्ति बगाएको थियो । बाढीपहिराले बाजुरानै क्षेदबिच्छेद बनाएको १ हप्ता पछि मात्र संघिय सरकारका गृह मन्त्रि राम बहादुर थापा, पुर्व मन्त्रि कर्ण थापा, संघिय सांसद लाल बहादुर थापा शुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्रिको टोलीले अनुगमन गरेको थियो । त्यसको केही समयमा शुदुरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्रि त्रिलोचन भट्ट सहितको टोलीले बाढीपहिरो अबस्थाको अध्यन गरेको थियो ।
संघिय सरकार र प्रदेश सरकारका उच्च ब्यक्तिहरुको भम्रणको बेला बेलिबिज्र बगाएको ठाँउमा चाडै बेलिबिज्र बनाउने आश्वासन दिएका थिए । तर प्रक्रियामा लिदा र ठेक्का खोल्नुपर्ने भएकाले अलि ढिला भएको सडक बिभागले बनाएको वताएको छ । साँफे मार्तडी सडक खण्डको जडाङ्गा सम्म सडक समेत खुलाउने काम भइसकेको छ ।
बेलिबिज्र बगाएको ठाँउमा पहिला स्थानियले अस्थायि रुपमा तुइन बनाएर वारपार गर्ने गरेका थिए । पछि नेपाली सेना र स्थानियको सक्रियतामा काठेपुल हालेर खच्चर र मानिस आवतजावत गर्ने बनाएको थियो । प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले भने बुढिगंगा नदिमा पानि फिजाएर गाडि पास गर्ने योजना त गरेका छौ, तर पानिको बहाफ धेरै भएकाले अलि समस्या भएको वताएका छन् । सरकारका उच्च अधिकारी आएको बेला त चाडै निर्माण गर्छौ बेलिबिज्र भनेका हुन, तर अलि ढिला भएपनि बेलिब्रिज बन्ने भएपछि बाजुरा बासि खुशि भएका छन् । २५ गते राति आाएको बाढिले बुढिगंगा नदिमा बेलिब्रिज सँगै झोलुङ्गे पुलहरु समेत वताएको थियो । नदि किनारमा रहेको खेतियोग्य जमिन र बस्ति बगाएको थियो ।
प्रतिक्रिया दिनुहोस्