बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप
२५ जेठ, काठमाडौं । काठमाडौंको फोहोर विसर्जन गर्ने स्थान बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ।
बुधबार स्थानीयले काठमाडौंबाट लगिएको फोहोर बञ्चरेडाँडामा फाल्न नदिएपछि प्रहरीले बल प्रयोग गर्दा दुईबीचमा झडप भएको हो ।
स्थानीयले फोहोर फाल्न नदिएपछि प्रहरीले बल प्रयोग गर्दा त्यहाँका स्थानीयले ढुंगामुढा गरेका थिए ।
अहिले बञ्चरेडाँडामा दुई सय बढी प्रहरी परिचालित रहेका छन् । स्थानीयहरु ढुंगाुमढामा उत्रिएपछि प्रहरीले बाध्य भएर अश्रु ग्याँस प्रहार गर्नुपरेको छ ।
सोमबार काठमाडौं महानगर, सहरी विकास मन्त्रालय र काठमाडौं, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमतिपश्चात् मंगलबारदेखि फोहोर उठाउने भनिएको थियो ।
उक्त सहमितसँगै काठमाडौंको फोहोर बञ्चरेडाँडामा लगिएको थियो तर, स्थानीयले अवरोधसँगै ढुंगामुढामा उत्रिएका छन् ।
प्रतिक्रिया दिनुहोस्