बञ्चरेडाँडामा आज पनि झडप, २५० बढी प्रहरी परिचालन

१ भदौ, काठमाडौं । बञ्चरेडाँडामा आज पनि झडप भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीको सुरक्षामा फोहोरको गाडी लैजान खोजेपछि स्थानीयले अवरोध गरेका थिए । स्थानीयले गाडी लैजान रोकेपछि प्रहरीसँग झडप परेको हो ।

सोही क्रममा फोहोर फाल्न अवरोध पुर्‍याउने एक जनालाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ । धुनीवेशी, ढाडेका दिपेश कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । फोहोरको गाडीको लागि सुरक्षाका लागि सोही क्षेत्रमा २५० भन्दा बढी प्रहरी परिचालन गरिएको छ ।

frontline

यसअघि मंगलबार पनि यसै बिषयमा बञ्चरेडाँडामा प्रहरी र स्थानीयबीच झडप भएको थियो । त्यसअघि आइतबार पनि तारेकश्वर नगरपालिका ३, आठमाइलको खोलाको मुहानमा फोहोर फालेको र दिउँसो गाडीले बाख्रा मारेको भन्दै गाडी रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here