बझाङमा मतगणना कार्य सुरू

फाइल तस्बिर

६ मंसिर, बझाङ । बझाङमा मतगणना कार्य सुरू भएको छ ।

आइतबार सम्पन्न भएको निर्वाचनमा जिल्लाको साईपाल गाउँपालिकाको मतपेटिकाहरू सदरमुकाम ल्याउन ढिला भए पछि मतगणना कार्य ढिला भएको हो ।

frontline

मतपेटिका हेलिकप्टर मार्फत मंगलबार सदरमुकाम पुगेपछि ४ बजे देखि मतगणना कार्य सुरू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभा सदस्यको ४ ठाँउमा र प्रदेश सभा सदस्यको ४ ठाउँ गरि ८ ठाँउमा मतगणना सुरू गरिएको छ । जिल्ला भरि १ लाख २२ हजार ३ सय ७६ मतदातारहेको मा ५२ प्रतिशत अर्थात ६३ हजार ४ सय ८९ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पहिलो मतगणना साईपाल गाउँपालिका र विथ्थडचिर गाउँपालिका बाट सुरू भएको छ । प्रतिनिधि सभामा नेकपा एकीकृत समाजबादि बाट तथा गठबन्धन का साझा उम्मेदवार पुर्व बन मन्त्री भानुभक्त जोशि रहनुभएको छ भने नेकपा एमाले बाट अनेरा स्ववियु का पुर्व अध्यक्ष ऐन महर रहनु भएको छ ।

यस्तै, राप्रपा बाट विश्वप्रकाश जेठारा र राष्ट्रिय स्वतन्त्र पार्टि बाट प्रेम राज जोशि रहनुभएको छ । जसपा बाट राम बहादुर जाग्रि स्वतन्त्र २ जना डम्बर बहादुर खड्का र रामचन्द्र राना उम्मेदवार रहनुभएको छ ।

बझाङ बाट गठबन्धनका साझा उम्मेदवार पुर्व बन मन्त्री जोशि र पुर्व अनेरा स्ववियु अध्यक्ष महर विच टक्कर पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here