बजेट भाषणपछि चौधरी दङ्ग

नेपाली काँग्रेसका सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरी आगामी आर्थिक वर्षको बजेटलाई लिएर हर्षित देखिएका छन् । बजेटले निजी क्षेत्रका मुद्दा सम्बोधन गर्ने प्रयास गरेको भन्दै उनले खुशी व्यक्त गरेका हुन् ।
कांग्रेस–एमाले गठबन्धन सरकारको तर्फबाट हिजो संसदमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेटबारे प्रतिक्रिया दिँदै चौधरीले निजी व्यवसायीसँग सम्बन्धित केही सकारात्मक प्रयास भएको बताए । विदेशमा लगानी र ‘स्वेट सेयर’ प्रति उनले खुशी व्यक्त गरेका हुन् ।




होटल व्यवसायमा लामो समयदेखि बढ्दो विद्युत महशुलको समस्या समाधानतर्फ बजेट केन्द्रित रहेको चौधरीको भनाइ छ । सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने जनशक्तिका लागि नेपालमै राम्रो वातावरण सिर्जना गर्ने कुरा प्रशंसायोग्य रहेको उनले बताए ।
बजेटले मुलुकको अर्थतन्त्र उकास्नेदेखि पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने व्यापारी सांसद चौधरीको विश्वास छ । सामान्यतयाः विगतमा बजेटबारे नकारात्मक धारणा राख्दै आएका उनले एमालेका सांसदहरुभन्दा एक कदम अघि बढेर यस पटक बजेटको समर्थन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्