बजेटबारे बालेनलाई दबाब दिन काठमाडौं महानगरका १५० बढी जनप्रतिनिधिको बैठक

स्थानीय तहले असार १५ सम्ममा बजेट ल्याउनुपर्ने कानुनी बाध्यता रहेको र मेयर शाहले बैठक छल्दै आएपछि दबाब दिन बैठक बढाएको वडाध्यक्ष महर्जनले जानकारी दिए ।

News Summary

Generated by OK AI. Editorially reviewed.

frontline
  • काठमाडौं महानगरपालिकाका नगरसभा सदस्यहरूले मेयर बालेन शाहलाई छिटो कार्यपालिका र नगरसभा बैठक बोलाउन दबाब दिएका छन्।
  • बैठकमा विभिन्न पार्टीका प्रतिनिधिहरू उपस्थित भए पनि वडाध्यक्ष रोजिना श्रेष्ठ अनुपस्थित रहिन् र बैठक बस्न नसक्ने समस्या देखिएको छ।
  • मेयरको नेतृत्वको सीमा निर्धारण समितिको बैठक नभएको र बजेट निर्माणमा समस्या आएको वडाध्यक्ष चिनकाजी महर्जनले बताए।

१४ जेठ, काठमाडौं। काठमाडौं महानगरपालिकाका नगरसभा सदस्यहरू आज अनौपचारिक बैठक बसेका छन् । महानगरपालिकाको कार्यपालिका र नगरसभा बैठक बोलाउन दबाब दिने उद्देश्यले १५० जनप्रतिनिधिहरू बैठक बसेका हुन् ।

उनीहरुले मेयर बालेन शाहलाई जति सक्दो छिटो कार्यपालिका र त्यसपछि नगरसभा बैठक बोलाउन दबाब दिन बैठक बसेको एक जनप्रतिनिधिले जानकारी दिए । केही दिन अघि कार्यपालिका ४२ मध्ये ४१ सदस्यको अनौपचारिक बैठकले पनि छिटो कार्यपालिका बैठक बोलाउन मेयर साहलाई दबाब दिएको थियो ।

बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र र एकीकृत समाजवादीका जनप्रतिनिधिहरुको उपस्थिति रहेको वडा–२२ का अध्यक्ष चिनकाजी महर्जनले जानकारी दिए ।

तर उक्त बैठकमा रास्वपाबाट निर्वाचित १६ वडाकी वडाध्यक्ष रोजिना श्रेष्ठ भने अनुपस्थित भइन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ अनुसार ‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ’ भन्ने व्यवस्था रहेपनि काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक पुसदेखि बस्न सकेको छैन।

मेयरको नेतृत्वको सीमा निर्धारण समितिको बैठक समेत बस्न नसक्दा बजेट कस्तो र कुन आकारमा ल्याउने भन्नेमा समेत अन्योलता सृजना भएको छ- चीनकाजी महर्जन, २२, वडाध्यक्ष

स्थानीय तहले असार १५ सम्ममा बजेट ल्याउनुपर्ने कानुनी बाध्यता रहेको र मेयर शाहले बैठक छल्दै आएपछि दबाब दिन बैठक बढाएको वडाध्यक्ष महर्जनले जानकारी दिए ।

‘मेयरको नेतृत्वको सीमा निर्धारण समितिको बैठक समेत बस्न नसक्दा बजेट कस्तो र कुन आकारमा ल्याउने भन्नेमा समेत अन्योलता सृजना भएको छ,’ उनले भने, ‘उहाँ (मेयरज्यू) कहिले नेतालाई गाड्ने भन्नुहुन्छ, कहिले सिंहदरबारमा आगो लगाउँछु भन्नुहुन्छ। तर, महानगरपालिका भित्रचाहिँ उहाँले अभिभावकीय भूमिका खेल्न सक्नु भएको छैन। यसलेएकपछि अर्को समस्या देखिएको छ।’

लामो समयदेखि कार्यपालिका बैठक बस्न नसक्दा आर्थिक वर्ष २०८२/८३ का लागि बजेट निर्माणको प्राथमिकताका विषयमा महानगरले कार्यपालिकामा छलफल गर्न नपाएको उनको गुनासो छ । उनले भागेर होइन बैठकमा बसेर समस्या समाधानको उपाय खोज्न पनि मेयर शाहलाई आजको अनौपचारिक बैठकबाट आग्रह गरेको बताए ।

स्थानीय सरकार सञ्चालन ऐनमै सभा तथा कार्यपालिकाको बैठक नगर प्रमुखले बोलाउने र बैठकको अध्यक्षता गर्ने प्रावधान छ । तर, मेयरले बैठक नबोलाउँदा आगामी आर्थिक वर्षको बजेट आउने/नआउने समेत अन्योल देखिएपछि नगरसभा सदस्यहरुले दबाब सुरु गरेका हुन् ।

काठमाडौं महानगरपालिका |नगरसभा सदस्य

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here