बजेटको पूर्वसन्ध्यामा ईभी गाडीले भरियो सुक्खा बन्दरगाह, तस्बिरहरू

समाचार सारांश
- काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि सयौँ विद्युतीय गाडीको लाइन लागेको छ।
- बजेटको पूर्वसन्ध्यामा व्यवसायीहरूले अन्तःशुल्क तथा भन्सार महसुल बढ्न सक्ने भएकाले गाडी ल्याएका हुन्।
- पछिल्लो महिना वैशाखमा करिब १९ सय विद्युतीय गाडी आयात भएको र चीन तथा भारतका कम्पनीहरुको बर्चस्व रहेको छ।
काठमाडौँ । भन्सार जाँचपासका लागि काठमाडौँको चोभारस्थित सुक्खा बन्दरगाहमा सयौँको सङ्ख्यामा विद्युतीय गाडीको लाइन लागेको छ ।
विभिन्न नाका हुँदै ल्याइएका यी गाडी बजेटको पूर्वसन्ध्यामा आइपुगेका हुन् । यी गाडी खासगरी तातोपानी र रसुवागढी नाकाबाट भित्र्याइएका हुन् ।




जेठ १५ मा आउने बजेटमार्फत अन्तःशुल्क तथा भन्सार महसुल बढ्न सक्ने भएकाले व्यवसायीहरूले त्यसअघि नै गाडी ल्याएका हुन् । पछिल्लो महिना वैशाखमा मात्र करिब १९ सय विद्युतीय गाडी आयात भएको बताइएको छ । अहिले बढी मात्रामा ५१ देखि १०० किलोवाटका गाडी आयात भएका छन् ।
बढ्दो मागलाई मध्यनजर गरेर कम्पनीहरुले धमाधम ईभी गाडी भित्र्याइरहेका छन् । ईभीमा खासगरी चिनियाँ वर्चश्व छ । भारतीय कम्पनीहरुले पनि धमाधम ईभी गाडी ल्याइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्