बगनासकाली गाउँपालिकाको आन्तरिक आय ५७ लाख

बगनासकाली गाउँपालिकाको १५औँ गाउँसभाको हिउँदे विधेयक अधिवेशन सम्पन्न भएको छ ।
गाउँसभाबाट वार्षिक बजेट तथा कार्यक्रमसम्बन्धी रकमान्तर र अर्थ सम्बन्धी संशोधन प्रस्ताव र खानेपानी तथा सरसफाई र स्वच्छता व्यवस्थापन सम्बन्धी विधेयक २०८० सर्वसम्मत पारित भएको छ ।




चालु आर्थिक वर्षमा ५६ लाख ८१ हजार ५६ रुपैयाँ आन्तरिक आय संकलन भएको न्यायिक तथा राजस्व परामर्श समितिका संयोजक हरिप्रसाद पाठकले जानकारी गराएका थिए । यसै गरी ७ करोड ९६ लाख ७७ लाख वेरुजु रहेको देखिएको छ । १२ वटा विभिन्न समितिका संयोजकहरुले सभामा पेस गरेको प्रतिबेदन, समितिले काम गर्दा आइपरेका समस्याका बारेमा समेत छलफल भएको थियो ।
गाउँसभामा विधेयक समितिका संयोजक उमकला अर्याल, न्यायिक तथा राजस्व परामर्श समितिका संयोजक हरिप्रसाद पाठक, लेखा संयोजक कृष्णप्रसाद बस्याल, आर्थिक बिकास संयोजक खुमादेवी भट्टराई, सामाजिक बिकास समिति संयोजक गीता रेग्मी, पूर्वाधार बिकास समिति संयोजक तेज प्रसाद रसाइले विषयगत रुपमा प्रगति प्रतिवेदन पेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्