बक्तब्यको भाषाप्रति प्रधानमन्त्री ओलीको आपत्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले शनिबार जारी गरेको विज्ञप्तिको भाषाप्रति आपत्ति जनाएका छन्।

देउवाले शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले १४९ जनाको हस्ताक्षरसहित दाबी गरे पनि प्रधानमन्त्री नियुक्त नगरेको तर प्रतिनिधि सभा विघटन गरिदिएको भन्दै विज्ञप्ति निकाले थिए।

frontline

उनको विज्ञप्तिको भाषामा राष्ट्रपतिलाई आदरार्थी शब्द प्रयोग नभएको भन्दै प्रधानमन्त्री ओलीले आपत्ती जनाएका हुन्।

शनिबार दिउँसो बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देउवाको औपचारिक विज्ञप्तिमा राष्ट्रपतिलाई तिमी भनिएकोमा आपत्ति जनाएका हुन्।

‘सम्मानित पदमा पुगेको जनताका छोराछोरीलाई सम्मान गर्नुहुन्न भन्ने हामीलाई परेको छ। अरूको त के कुरा नेपाली कांग्रेसका सभापतिले पनि त्यो गरिमा राख्न चाहनुभएन। राष्ट्रपतिलाई यसो गरिन् भनेर लेखिएको छ,’ ओलीले भने,‘यसबाट थाहा हुन्छ गणतन्त्रलाई खुइल्याउने षडयन्त्र कहाँसम्म पुगेको रहेछ।’

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत १५ वर्षमा बोलेका कुरा र लगाएका आरोप पनि नेपाली संस्कारसँग मेल नखाने बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here