बंगलादेशबाट आइपुगेका १४ रोहिंग्या शरणार्थीलाई प्रहरीले बुझायो अध्यागमनलाई

काठमाडौं । बंगलादेशबाट स्थलमार्ग हुँदै काठमाडौं आइपुगेका १४ रोहिंग्या शरणार्थीलाई प्रहरीले अध्यागमन विभागलाई बुझाएको छ।

केही दिनअघि काठमाडौं आइपुगेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर सोमबार विभागलाई बुझाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए। 

frontline

‘केही रोहिंग्याहरू नयाँ आए। पहिलाको डाटाहरू त थियो। तर थप आएकाहरूलाई हामीले अध्यागमनमा बुझाएका छौं,’ उनले भने। 

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले शरणार्थीहरू प्रहरीमार्फत् सम्पर्कमा आएको बताए।

उनीहरूबारे अनुसन्धान भइरहेको उनले बताए। 

यद्यपी उनीहरूलाई पक्राउ नै गरी अनुसन्धान गरिएको हो वा होइन भन्ने उनले खुलाएनन्। 

‘उनीहरू सम्पर्कमा आएका थिए। त्यो विषयमा अनुसन्धान भइरहेको छ,’ भट्टराईले भने,’अनुसन्धान भइरहेको विषय भएको हुँदा धेरै खुलाउन मिलेन। अवैध रूपमा आएको हो वा होइन भन्ने बेला भएको छैन।’  

उनीहरूलाई कहाँ राखिएको छ भन्ने पनि उनले खुलाउन चाहेनन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here