बंकुल प्रहरी चौकीको वरिष्ठ सई रुद्रलाल श्रेष्ठ र सशस्त्र प्रहरीको इन्चार्ज भोला श्रेष्ठको मिलेमतोमा तस्करी
मेवालाल यादव
रौतहट, १० मङ्सिर । जिल्लाको बंकुल छोटी भन्सार नाकामा खटिने सशस्त्र प्रहरीले लाइन दिएपछि भारतीय सीमानाकामा चोरी तस्करी बढेको छ। भारतीय बजारसँग सिमाना जोडिएको रौतहटमा सङ्गठित तथा पोके तस्करहरूले व्यापक रूपमा तस्करी गरिरहेका हुन्। पछिल्लो समय रौतहटको बंकुल छोटी भन्सार बडा बंकुल,नरकटियाबाट व्यापक मात्रामा तस्करी फस्टाएको हो।
रौतहटको सीमाक्षेत्रमा साना पोके तस्करदेखि ठूला सङ्गठित तस्करहरूको सक्रियता बढेको देखिएको छ। जिल्लाको पश्चिमी भेगमा रहेको बंकुल बजार स्थितका छोटी भन्सार बंकुलमा खटिने सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका गस्ती टोली युनिटले तस्करहरूबाट मासिक ठुलो रकम लिएर अवैध कारोबार सञ्चालनमा सघाइरहेको स्रोतले नामनखुल्ने सर्तमा बताएको हो ।तस्कर समूहले नयाँ हाकिम
आउने बित्तिकै तस्करहरूसँग साटघाट गरी राति राति र बिहान सेटिंगमा सङ्गठित रूपमा तस्करी भइरहेको स्थानीयहरू बताउँछन्। अत्यधिक मात्रामा तस्करी बढेको भए पनि सुरक्षाकर्मीहरू सर्वसाधारणलाई निकै टाइट गरेको देखाएर तस्करहरूलाई रामराज्य बनाएका छन्। भारतको बिहार राज्य सरकारले मदिरामा प्रतिबन्ध लगाएपछि तस्करहरूले नाकाबाट प्रत्येक दिन हजारौँ कार्टुन मदिरा भारत पठाइरहेका छन्।
सुरक्षा निकायका प्रमुखहरू भने खुला सीमाका कारण समस्या आएको र तस्करीको लाइनका बारेमा कुनै जानकारी नभएको बताउँछन्। रौतहट जिल्लाको पश्चिमी भेग पर्ने प्रमुख नाकाको रूपमा बंकुल, नरकटिया नाका हुँदै कपडा, कस्मेटिक, चिनी, स्पेयरपार्ट, कुखुराका चल्ला, लहसुन, हुन्डी कारोबारी, आलु, प्याज भित्र गाँजा लगायत अन्य समानहरू बापत बंकुल प्रहरी चौकीको वरिष्ठ सई रुद्रलाल श्रेष्ठ र सशस्त्र प्रहरी बल सरमुजवाका इन्चार्ज भोला कुमार श्रेष्ठले तस्करहरूबाट मोटो रकम ५० हजारदेखि १ लाख रुपैयाँ भारतीय तस्कर पुर्नहिया कोठीका संन्दिप यादव र पिठवाका श्याम सुन्दर कुशवाहा नेपालका दर्जनौं तस्कर लगायतका तस्करहरु बाट बंकुल, मौलापुर, कटहरिया, विजयपुर, शिवनगर, गरुडा, चपुर लगायत जिल्लाका विभिन्न बजारसम पुर्याईने स्थानीयहरूको भनाई रहेको छ।
सीमावर्ती क्षेत्रबाट व्यापक तस्करी भएको कारण नै यहाँका भन्सारले लक्ष्य अनुरूपको राजश्व सङ्कलन गर्न सकिरहेका छैनन् । जसको असर समग्र अर्थतन्त्रमा परिरहेको छ । तस्करीको सम्बन्धमा हेड क्वाटर ११ नम्बर गणका प्रमुख एस पी विक्रम हुमागाईलाई फोन गर्दा फोन न उठाउने गरेको रहस्य बुझ्न् गाह्रो हो ।
प्रतिक्रिया दिनुहोस्