फ्रान्सका पूर्व राष्ट्रपति निकोलसलाई जेल सजायको फैसला

पेरिस, १५ असोज (रासस÷एएनआई) ः फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई अदालतले जेल सजायको फैसला गरेको छ ।

सन् २०१२ मा राष्ट्रपतिमा आफु पुनः निर्वाचित हुनका लागि सहयोग पुग्नेगरी चलाइएको अभियानमा अवैधानिक रुपमा सहयोग गरेको आरोप उहाँलाई लगाइएको थियो ।

frontline

सोही आरोपका आधारमा अदालतले उहाँलाई दोषी ठहर गर्दै एक बर्ष कारागार राख्नुपर्ने सजाय बिहीबार सुनाएको हो । सार्कोजी संलग्न भएको गलत ठानिएको यो दोस्रो घटना हो ।

यसअघि अर्को एउटा प्रकरणमा पनि उहाँको संलग्नता पुष्टि भएको थियो । त्यो घटनाका कारण ६६ बर्षीय सार्कोजीलाई गत मार्चमा तीन बर्षे जेल सजाय तोकिएको छ । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here