फ्रन्टलाइन हस्पिटल अत्याधुनिक सुविधासहित संचालनमा

फ्रन्टलाइन, काठमाडौँ । पुरानो बानेश्वरमा अवस्थित फ्रन्टलाइन हस्पिटलले औपचारिक रुपमा संचालन प्रारम्भ गरेको छ । केही समय अघि नै स्वास्थ्य उपचारको थालनी गरि बिरामीको सेवामा जुटिसकेको फ्रन्टलाइन हस्पिटलले बिहिबार एक समारोहका बिच औपचारिक उद्घाटन गरेको हो ।
अस्पताल परिसरमै आयोजित उक्त उद्घाटन समारोहमा अस्पतालका संस्थापक, संचालक, कार्यकारि पदाधिकारीहरु एवम् अस्पतालमा कार्यरत विभिन्न पदाधिकारी र कर्मचारीहरुको उपस्थिति रहेको थियो । साथै विभिन्न संघसंस्थाबाट प्रतिनिधित्व गर्दै विभिन्न व्यक्तित्वहर, संचारकर्मीहरु आदिको सहभागिता रहेको थियो ।
नोबेल फाउण्डेशनद्धारा संचालित सिनामंगलमा रहेको नोबेल अस्पताललाई परिमार्जित एवम् परिष्कृत गरि नयाँ नाम र सेवासुविधा सहित फ्रन्टलाइन हस्पिटल संचालनमा आएको हो । भौतिक पुर्वाधारले सु सम्पन्न, पर्याप्त दक्ष जनशक्तीहरु, अत्याधुनिक र सुविधासम्पन्न औजार उपकरण र स्वास्थ्य सेवा सहित संचालनमा आएको सो अस्पताल करिब ५ सय करोड लगानीमा निर्माण गरिएको हो ।
विश्व स्तरिय चिकित्सकद्धारा उच्च गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य सहित संचालित फ्रन्टलाइन हस्पिटलले औपचारिक संचालनमा आउनुअघि नै ३ सय बढि सल्यक्रिया गरिसकेको छ । सर्जिकल, मेडिकल र छिटो सर्ने रोगहरुको आईसियु गरेर ३१ वटा आईसियू सहित हाल एक सय शैयामा संचालित अस्पतालले थप सय शैयाको लागि प्रक्रिया अगाडि बढाइसकेको छ ।
हस्पिटलले डिजिटल एक्सरे, आठ सेकेन्डमै सिटी स्क्यान गर्न सकिने मेसिन जस्ता अन्तर्रास्ट्रिय स्तरका प्रविधिहरुलाई प्रयोग गरेर सर्वसुलभ मुल्यमा बिरामीको उपचार गर्ने प्रतिबद्धता समेत जनाएको छ । अन्य अस्पतालहरूसँग प्रतिस्पर्धा भन्दा पनि राम्रो र प्रभावकारी सेवा कसरी दिने भन्नेमा लागिपर्ने अस्पताल प्रशासनको उद्धेश्य छ । जनरल सर्जरी, अर्थोपेडिक, गाईनो, ग्यास्ट्रो, पल्मोनोलोजी, कार्डियोलोजी जस्ता २८ फरक फरक विभाग संचालन गर्नेगरि अस्पतालले योजना बनाएको छ ।
सुविधासम्पन्न स्वास्थ्य सेवा प्राप्ती कस्टकर बनिरहेको वर्तमान परिप्रेक्षमा फ्रन्टलाइन हस्पिटलले तय गरेको लक्ष्य र योजनाले राजधानी लगायत समग्र मुलुकको स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउन सक्ने प्रष्टै देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here