फेसबुक म्यासेन्जरमा एउटा छुट्टै सेक्रेट फोल्डर, जुन धेरैलाई थाहा छैन

काठमाडौं । फेसबुक म्यासेन्जरमा एउटा छुट्टै सेक्रेट फोल्डर हुन्छ । जसमा तपाईंले नहेरेका (अनरिड) म्यासेज भरिएका हुन्छन् ।

यो फोल्डर तपाईंले फेसबुकको डेस्कटप तथा मोबाइल भर्सन दुवैमा हेर्न सक्नुहुनेछ । तर यो फोल्डरको विषयमा धेरैलाई थाहा नहुन सक्छ ।

frontline

किनभने अधिकांश प्रयाेगकर्ता म्यासेन्जर एप खाेल्नेबित्तिकै सिधै च्याटबक्सकाे मुख्य फोल्डरमा पुग्छन् । जहाँ म्यासेन्जरमा निरन्तर कुराकानी गर्ने साथी र ग्रुपमा आएका नयाँ म्यासेजहरू प्राप्त देख्न सकिन्छ ।

तर, म्यासेन्जरमा तपाईंको म्यासेज आउने यो मात्रै ठाउँ भने होइन । किनभने म्यासेन्जरमा अर्को पनि फोल्डर छ, जसको बारेमा यहाँ हामी कुरा गर्दैछौं ।

अपरिचित व्यक्ति तथा फेसबुकमा साथी नभएका व्यक्तिले पठाएको म्यासेज उक्त फोल्डरमा आएर बसेका हुन्छन् । यदि तपाईंलाई हालसम्म यो फोल्डरको विषयमा जानकारी छैन भने, हुनसक्छ तपाईंको उक्त फोल्डर त्यस्ता म्यासेजले भरिएको हुनसक्छ ।

उक्त फोल्डरमा पहुँच बनाउन तपाईंले केही प्रक्रिया अपनाउनुपर्ने हुन्छ । यदि तपाईं आईओएस तथा एन्ड्रोइड फोन प्रयोगकर्ता हो र तपाईं स्मार्टफोनमा म्यासेन्जर प्रयोग गर्नुहुन्छ भने सुरुमा म्यासेन्जर एप खोल्नुहोस् ।

अब म्यासेन्जरको बायाँ साइडको माथि रहेको आफ्नो प्रोफाइल पिक्चरमा क्लिक गर्नुहोस् ।

अब त्यहाँ ‘म्यासेज रिक्वेस्ट’ भन्ने अप्सन छ । जहाँ ‘यु मे नो’ र ‘स्पाम’ मध्ये ‘यु मे नो’ मा क्लिक गरी सम्भावित परिचित व्यक्तिले पठाएको म्यासेज देख्नुहुनेछ । भने, ‘स्पाम’ फोल्डरमा क्लिक गर्दा स्पाम म्यासेजहरू देख्न सक्नुहुनेछ ।

यो त थियो स्मार्टफोन प्रयोगकर्ताका लागि सेक्रेट फोल्डरमा पहुँच बनाउने उपाय ।

डेस्कटप प्रयोगकर्ताले पनि केही प्रक्रिया पुरा गरेर उक्त म्यासेजमा एक्सेस बनाउन सक्छन् । त्यसका लागि सुरुमा फेसबुक खोल्नुहोस् र दायाँ साइडका माथि रहेको ‘म्यासेज’ आइकनमा क्लिक गर्नुहोस् । अब त्यहाँ ‘थ्री डट’ अप्सन देखिने छ ।

‘थ्री डट’ अप्सनमा क्लिक गरी त्यहाँ रहेको ‘म्यासेज रिक्वेस्ट’ मा क्लिक गर्नुहोस् । जहाँ तपाईंले स्मास्मार्टफोनमा जस्तै ‘रिक्वेस्टेड म्यासेज’ र ‘स्पाम’ गरी दुई फरक-फरक म्यासेज देख्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here