फेसबुकमा विरोध गरेको भन्दै सल्यानका एक वडाअध्यक्षले स्थानियलाई सेवाबाट प्रतिबन्ध लगाए

श्रोत : ईन्टरनेट

२७ कार्तिक, सुर्खेत। सामाजिक सञ्जाल फेसबुकमा विरोध गरेको भन्दै सल्यानका एक वडाअध्यक्षले स्थानियलाई सेवाबाट प्रतिबन्ध लगाएका छन् ।

बाघचौर नगरपालिका-४, का वडाअध्यक्ष प्रेमबहादुर पुनले सामाजिक सञ्जालमा आफूलाई ‘छोटे राजाको दमन’ लेखेको भन्दै स्थानीय दिल बहादुर केसीलाई वडा कार्यालयबाट कुनै सेवा नदिने भन्दै विज्ञप्ति जारी गरेका छन् ।

frontline

केसीले गरेका टिप्पणी अमर्यादित भएको भन्दै बिहीबार वडाध्यक्ष पुनले प्रेस विज्ञप्तिमार्फत केसीलाई वडाबाट दिइने सम्पूर्ण सेवाबाट बन्चित गरिएको बताएका हुन् ।

‘छोटेराजाको दमनको संज्ञा दिइ, फेसबुकमा चरित्रहत्या गर्ने, अनआवश्यक शब्द आरोपहरु लगाइ भ्रमित पार्ने काम गरेकाले दिलबहादुर केसीलाई कम्जोरी नसच्यायसम्म यस वडा कार्यालयबाट दिइने सम्पुर्ण सेवामा वञ्चित गरिन्छ,’ वडाअध्यक्ष पुनद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

उनले कुनै कानूनी कारबाहीका लागि प्रक्रिया नै नगरी सोझै सेवाबाट बञ्चित गरेका छन् । केसीले सामाजिक संजालमा लेखिएका अभिव्यक्तहरु सच्याउनुपर्ने वडाध्यक्षको भनाइ छ ।

वडाअध्यक्ष पुनले जारी गरेको विज्ञप्ति यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here