फेसबुकका वेबसाइट र एपहरुले बालबालिकालाई हानी पु¥याउने र प्रजातन्त्रलाई कमजोर बनाउने

वासिङटन

२१ असोज (रासस÷एएफपी) ः फेसबुकका वेबसाइट र एपहरुले बालबालिकालाई हानि पु¥याउने र विभाजनहरु बढाएर प्रजातन्त्रलाई कमजोर बनाउने फेसबुकका पूर्व कर्मचारी फ्रान्सिस हवगनले अमेरिकी विधायकहरुलाई जानकारी दिएकी छिन् ।

frontline

यस विषयमा सवै जानकारी भएता पनि कम्पनीका वरिष्ठ कर्मचारीहरुले मुनाफालाई प्राथमिकतामा राखेको उनले बताएकी छिन् ।

फेसबुकका प्रडक्ट म्यानेजरकी रूपमा काम गरेकी ३७ वर्षीया फ्रान्सिस हवगनले कम्पनीका गोप्य कुराहरू चुहाएकी बताइएको छ ।

उनले अमेरिकी संसद् रहेको क्यापिटल हिलमा समेत त्यस विषयमै आलोचनात्मक बयान दिएकी दिइन् ।

यता फेसबुकले भने हवगनले आफूलाई ज्ञान नभएको क्षेत्रबारे बोलेको प्रतिक्रिया दिँदै आफ्नो सुरक्षा गरेको छ ।

तर उसले एक विज्ञप्तिमार्फत् अब इन्टरनेटमा परिष्कृत नियमहरू ल्याउने समय आएको स्वीकारेको छ ।

मङ्गलबारको सुनुवाइका बेला रिपब्लिकन र डेमोक्र्याट सांसद्हरू उक्त कम्पनीमा परिवर्तन आवश्यक रहेको भन्ने विषयमा एकै ठाउँमा देखिएका थिए । ––––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here