फेवा तालको बीचमा फसे केही व्यक्ति, उद्धार हुँदै

२२ वैशाख, काठमाडौं । पोखराको फेवा तालमा डुंगा चलाएर कायकिङ (एक्लै बसेर तालमा डुंगाबाट गरिने यात्रा) गरिरहेका केही व्यक्तिहरू अलपत्र परेका छन् ।

केहीबेरअघि तालको बीचमा पुगेर केही व्यक्तिहरू अलपत्र परेका हुन् । उनीहरूको अहिले उद्धारको काम भइरहेको छ ।

frontline

अकस्मात् मौसम बिग्रिएपछि केही व्यक्ति तालको बीचमा अलपत्र परेको सशस्त्र प्रहरी बल कालिका गणका प्रमुख एसपी सूर्य तिमल्सिनाले अनलाइनखबरलाई जानकारी दिए ।

उनका अनुसार कति व्यक्ति अलपत्र परेका छन् भन्ने थाहा भइसकेको छैन ।

‘अहिले हामी उद्धारको काममा छौं, कति व्यक्ति बीचमा फसेका छन् भन्ने थाहा भइसकेको छैन,’ एसपी तिमल्सिनाले अनलाइनखबरसँग भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here