फेरि घटेर आयो डिजेल र पेट्रोलको मूल्य, मूल्य घटाउन निगम आलटाल गर्दै

१ पुस, काठमाडौं । भारतबाट डिजेल र पेट्रोलको मूल्य फेरि घटेर आएको छ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले इन्धनको मूल्य घटाएर आयल निगमलाई शुक्रबार नयाँ मूल्य सूची पठाएको निगमका कार्यकारी निर्देशक इन्जिनियर उमेशप्रसाद थानीले जानकारी दिए।

frontline

आइओसीले पठाएको मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ६ रूपैयाँ ९० पैसा, डिजेलमा १२ रूपैयाँ ३१ पैसा  र हवाई इन्धनमा १० रूपैयाँ ६१ पैसा घटेर आएको थानीले जानकारी दिए।

यसअघि मूल्य घटेर आउँदा पनि घाटा पूर्ति नभएको भन्दै निगमले मूल्य घटाएको छैन। निगमलाई मूल्य घटाउन चर्को दबाब भए पनि निगमले आलटाल गर्दै आएको छ। यसपटक पनि के गर्ने भन्ने निगमले निर्णय गरिसकेको छैन।

बोर्डका अध्यक्ष एवं वाणिज्य तथा आपूर्ति सचिव तोयम राया देश बाहिर रहेकाले इन्धनको मूल्य घटाउनेबारे छलफल नभएको कार्यकारी निर्देशन थानीले बताए।

अध्यक्ष तोयम स्वदेश फर्किएलगत्तै बोर्ड बैठक बसेर मूल्य समायोजनबारे छलफल गरिने निगमले जनाएको छ ।

इन्धनको मूल्य नघटाउँदा निगमलाई अब पेट्रोलमा प्रतिलिटर करिब २० रूपैयाँ र डिजेलमा करिब १३ रूपैयाँ नाफा छ । निगमले आईओसीलाई करिब १३ अर्ब रूपैयाँ बक्यौता बुझाउन बाँकी छ भने सरकारलाई बुझाउनुपर्ने ऋण रकम ७ अर्ब रूपैयाँ रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here