फेरिल्याण्ड इन्टरनेसनल स्कुलमा OPS अन्तर बिद्यालय कला प्रतियोगिता सम्पन्न

१२ असार, काठमाडौं । यही आषाढ ११ गते शनिवारका दिन Organizations of Private School ( OPS) को आयोजनामा तथा फेरिल्याण्ड इन्टरनेसनल स्कुलको संयोजनमा फेरिल्याण्ड इन्टरनेसनल स्कुलमा OPS Inter Schools Art Competition सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा जम्मा सिनियर तर्फ २८ जना विद्यार्थी भाई बहिनीहरूले प्रतिस्पर्धा गरेका थिए भने जुनियर तर्फ २५ जना विद्यार्थी भाई बहिनीहरूले सहभागिता जनाएका थिए।

frontline

बुढानिलकण्ठ नगरपालिका वार्ड नम्बर १० का वार्ड अध्यक्षको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रोफेसर राधेश्याम मुल्मी , पूर्व सहायक क्याम्पस प्रमुखको निर्णयक समितिले मूल्यांकन गरेको थियो ।

उक्त प्रतियोगितामा सिनियर तर्फ सान्तवना पुरस्कार जित्न सफल न्यू इरा एकेडेमीका निरव रायमाझी तथा शोभा भगवती इंग्लिश स्कूलको सकिरा श्रेष्ठ, तृतीय हुने शृजना ज्ञान सागरकी रोजमिता गुरुङ भइन् भने दितिय स्थान शृजना ज्ञान सागर कै निशान लामाले हात पार्न सफल भए भने प्रथम स्थान कौशल इंग्लिश स्कूलकी युनिशा मल्लले प्राप्त गरेकी छिन् ।

त्यस्तै गरी जुनियर तर्फ कौशल इंग्लिश स्कुलकी नम्रता राई तथा परम्भ वर्ल्ड स्कूलका आयनस ज्ञवालीले सान्तवना पुरस्कार जित्न सफल भए भने शृजना ज्ञान सागरको शृजल दाहालले तृतीय स्थान प्राप्त गरेका छन् भने ज्ञान मन्दिर स्कुलबाट साइमन थापाले दितीय स्थान तथा परम्भ वर्ल्ड स्कुलकी मैशमी तामाङले प्रथम स्थान हासिल गर्न सफल भएका छन् ।

उक्त प्रतियोगितामा फेरिल्याण्ड इन्टरनेसनल स्कूलका संस्थापक प्रिन्सिपल तथा ops का सल्लाहकार श्री बिष्णु चन्द्र अधिकारीको अध्यक्षतामा भएको थियो ।

उक्त अवसरमा उहाँले OPS Inter Schools Art Competition को साथै OPS को बारेमा प्रकाश पार्दै OPS ले विगत १७/१८ वर्ष यता गरेका राष्ट्रिय तथा अन्य विविध कार्यक्रमहरु सफलतापूर्वक गर्दै आएको कुरा जानकारी गराउनु भयो ।

साथ OPS ले शिक्षक शिक्षिकाहरु तथा विधार्थी केन्द्रित विविध कार्यक्रमहरु गर्दै सम्पूर्ण OPS मा आवाद विद्यालयहरुको विविध पक्षलाई समेट्दै बिश्व बजारमा आजका बालबालिकालाई प्रतिष्पर्धी गराउने उद्देश्यका साथ अगाडी बढिरहेको कुरा जानकारी गराउनु भयो ।

उक्त अवसरमा चित्रकलाले बालबालिकाहरूलाई श्रुजन्त्मक कार्य गर्न प्रेरणा मिल्ने कुरामाथि प्रकाश पार्दै प्रमुख निर्णायक प्रो. राधेश्याम मल्लमिले विधार्थी भाई बहिनीहरू लाई अझ जोसजाँगरका साथ जीत हारलाई मात्र ध्यान नदिई लगनशील भई अगाडि बढ्न आग्रह गर्नु भयो ।

उक्त कार्यक्रम फेरिल्याण्ड इन्टरनेसनल स्कूलका निर्देशक श्री विनोद अधिकारीले सञ्चालन गर्नु भएको थियो भने स्वागत मन्तव्य विद्यालयकै निर्देशक राम प्रसाद गौतमले गर्नु भएको थियो।

साथमा विद्यालयका भाई बहिनीहरुले विविध संस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । यसै अवसरमा प्रमुख अतिथी बुढानिलकण्ठ नगरपालिका वार्ड नं १० वार्ड अध्यक्ष श्री नवराज भट्टराईले विद्यालयमा अध्ययन रत कलिला भाई बहिनीहरूलाई यसरी सानै उमेरदेखि विविध विधामा प्रशिक्षण दिनु पर्ने कुरान प्रकाश पार्दै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नमा निजी विद्यालयको विशेष भूमिका रही आएको कुरामा जोड दिनु भयो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here