फुड पोइजन हुँदा एकै घरका ५ जना बिरामी, एक जनाको अवस्था गम्भीर

३ भदौ, नुवाकोट । नुवाकोटको वेलकोटगढी नगरपालिका-१३ मदानपुर डाँडाकटेरीमा फुड पोइजन हुँदा एकै घरका पाँच जना बिरामी परेका छन्। जसमध्ये एक जनाको अवस्था गम्भीर छ।

स्थानीय सरोज पाण्डेका पाँच छोराछोरी फुड पोइजनका कारण बिरामी परेका छिमेकी जनक सेढाइले जानकारी दिए। 

frontline

१४ वर्षीय सहदेव पाण्डेको अवस्था गम्भीर भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा लगेर उपचार भइरहेको छ। 

९ वर्षीय जुम्ल्याहा राम/लक्ष्मण पाण्डे, छोरी १६ वर्षिया लक्ष्मी र अर्की एक जना छोरी रहेका छन्। चार जनाको भने नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ। 

खानामा फुड पोइजन हुँदा उनीहरू बिरामी परेका चिकित्सकले बताएका छन्। घरमा बुधबार बेलुकी बाँकी रहेको भात बिहीबार भुटेर खाएपछि उनीहरूमा वान्ता आउने तथा डायरिया हुने समस्या देखिएको थियो।

बासी भातमा अखाद्य वस्तु मिसिएर बालबालिकाहरूमा झाडावान्ता हुने समस्या आएपछि घरपरिवार तथा छिमेकीले अस्पताल पुर्‍याएका थिए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here