फिलिपिन्समा तुफान ताइफुन रेइबाट मर्नेको संख्या ४ सय नाघ्यो
१७ पुस, म्यानिला । फिलिपिन्समा विनाशकारी तुफान ताइफुन रेइबाट मर्नेको संख्या ४ सय नाघेको छ। करिब दुई हप्ताअघि आएको ताइफुन रेइबाट मर्नेहरुको संख्या शुक्रबारसम्म ४ सय नाघेको हो।
फिलिपिन्सको प्राकृतिक विपद् विभागले शुक्रबार बताएअनुसार ताइफुन रेइबाट मर्नेहरुको संख्या ४ सय ८ पुगेको छ भने ८३ मानिस अझै हराइरहेका छन्। सो तुफानबाट १४ सयभन्दा बढी मानिस घाइते भएका छन्।
डिसेम्बर १२ मा ताइफुन रे फिलिपिन्स आइपुगेको थियो। ताइफुनसँगै आएको हावाहुरी र वर्षाका कारण भीषण बाढी, पहिरो र रुखहरु ढलेका थिए। यस वर्षको ताइफुन दक्षिण-पूर्वी एसियाको १५औं विनाशकारी तुफानको रुपमा गनिएको छ।
सो ताइफुनले ५ लाख ३० हजारभन्दा बढी घरहरु पूर्णरुपमा ध्वस्त बनेका छन् भने करिब ७९४.१० मिलियन डलर बराबरको भौतिक क्षति भएको त्यहाँका अधिकारीहरुले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्