फिनिसिङमा चुक्दा नेपालको कठिन जित

६ वर्षअघि उसैको मैदानमा ८–२ को सानदार जित निकालेको नेपाललाई किर्गिस्तानले ६ वर्षपछि भने दशरथ रंगशालमै टक्कर दियो । खेलअवधिभर नियन्त्रण कायम गरे पनि फिनिसिङमा नेपाल लगाचार चुक्यो ।

५ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताअघिको प्रि म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले किर्गिस्तानलाई हराउने तर कठिन हुने बताएका थिए । सोमबार दशरथ रंगशालमा नेपाल र कीर्गिस्तानको खेल पनि त्यस्तै रह्यो ।

frontline

६ वर्षअघि उसैको मैदानमा ८–२ को सानदार जित निकालेको नेपाललाई किर्गिस्तानले ६ वर्षपछि भने दशरथ रंगशालमै टक्कर दियो । कमजोर मानिएको प्रतिद्वन्द्वी किर्गिस्तानसँग मैदानमा नेपाली खेलाडीले एकभन्दा बढी ‘सेलिब्रेसन’ देख्न पाइने अपेक्षा थियो । तर, मैदानमा त्यस्तो भएन । नेपाल १–० को नतिजामै चित्त बुझायो ।

१०औं मिनेटमै विमला चौधरीको गोलबाट नेपालले अग्रता लिएको थियो र विपक्षीमाथि दबाब पनि बनाएको थियो । जसले गर्दा नेपालले गोल थप्ने अनुमान गरिएको थियो । तर फिनसिङमा नेपाल चुक्यो ।

किर्गिज डिफेन्डरले नेपालको अट्याकलाई बारम्बार रोके । फ्रान्सबाट फर्किएकी सावित्रा भण्डारी दोस्रो हाफमा मैदान प्रवेश गरे पनि कमाल देखाउन सकिनन् । रेखा पौडेलको प्रदर्शन पनि प्रभावशाली हुन सकेन ।

खेलपछि नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले जितबाट ३ अंक पाउनु राम्रो भएको बताए । तर समग्र प्रदर्शनबाट भने उनी सन्तुष्ट देखिनएनन् । ‘समग्रमाभन्दा खेल जित्यौँ । ३ अंक आयो त्यो राम्रो भयो ।’

नेपालले लगातार विपक्षीमाथि आक्रमक गरेपनि गोल गर्न नसक्नु फिनिसिङमा समस्या देखियो । नेपालले सुरुमा ४-४-२ फर्मेसनमा खेलाउँदै रेखा पौडेल र रश्मि कुमारी घिसिङलाई फरवार्ड खेलाएको थियो । तर उनीहरुले पाएको मौका सदुपयोग गर्न सकेनन् । रश्मि महिला लिगको सर्वाधिक गोलकर्ता हुन् भने रेखा युएईको लिग खेलेर केही दिनअघि नेपाल आएकी हुन् ।

पहिलो हाफमा नेपालले विंगर विमला चौधरीको गोलमा अग्रता लिएको थियो ।

दोस्रो हाफमा प्रशिक्षकले रणनीति परिवर्तन गरे । उनले त्यसमा आफ्नो खेलाडीले खेल्न नसकेको उनले बताए । फ्रान्समा व्यावसायिक फुटबल खेलिरहेका नेपालमा मुख्य फरवार्ड सावित्रा भण्डारी आजै बिहान मात्र नेपाल आएका थिए । उनले पहिलो खेल रेस्ट गर्ने भनिएपनि प्रशिक्षकले दोस्रो हाफमा उनलाई मैदान उतारे । एकातर्फ सावित्रा मैदान प्रवेश गर्दा टिमको मनोबल बढ्ने देखि दर्शकको समेत उत्साहित बनेका थिए । अर्कोतर्फ नेपाल पर्केकै दिन खेल्नु उनको लागि पनि सहज थिएन ।

दोस्रो हाफमा प्रशिक्षक तामाङले डिफेण्डरको स्थानमा सावित्रालाई मैदान पठाएपछि ३-४-३ को फर्मेसन प्रयोग गरे । तर उनकै भाषामा भन्दा खेलाडीले यो बुझ्न सकेनन् । त्यही कारण दोस्रो हाफमा नेपालले गोल त थप्न सकेन नै उल्दै कीर्गिज खेलाडीले नेपालको हाफमा नियमित जसो बल लगिरहेको थियो । कीर्गिज टोली काउन्टरमै गोल गर्ने रणनीतिमा थियो । तर त्यो भने सम्भव हुन सकेन ।

‘पहिलो हाफमा एक गोल गरेपछि साम्बालाई प्रयोग गर्दै दोस्रो हाफमा ३-४-३ फर्मेसनमा खेलाएको । खेलाडीहरु अल्मलिएको जस्तो देखियो ।’ प्रशिक्षक तामाङले भने । ‘खेलाडीहरुले अली बुझेनन् । मैले बुझाउन सकिन होला त्यो मेरो कमजोरी हुन सक्छ ।’

साम्बालाई खेलाएको प्रसंगमा उनले आगामी खेलमा सहज बनाउनका लागि उनलाई खेलाएको बताए । ‘साम्बालाई खेलाउनु मेरो च्वाइस हो । म कोच हो । अर्को म्याचको लागि एडजस्ट गर्न समन्वय गर्न मात्र खेलाएको हो ।’ उनले भने । ‘अर्को खेलको तयारङ्कीा लागि हो । रिस्क थिएन ।’

तामाङले सावित्रालाई सोधेर उनले फिट छु भनेपछि मात्रै खेलाएको बताए ।

कीर्गिस्तान विरुद्ध नेपालका रेखा पौडेल, रश्मि, सविता र दोस्रो हाफमा मैदान प्रवेश गरेकी सावित्राले पनि गोल गर्ने अवसर हरु गुमाए ।

पहिलो हाफको अन्त्यमा पाएको सुन्दर अवसर नेपालका लागि गोलमा परिणत हुन सकेन । रश्मी घिसिङको प्रहार बारमा लागेर फर्कंदा रिबाउन्डमा सविता रानामगरको प्रहार पनि बारमा लागेको थियो । त्यसको रिबाउण्डमा रेखाले गरेको प्रहार विपक्षी गोलरक्षकले विफल पारिन् ।

दोस्रो हाफमा पनि नेपालले केही अवसर बनाउँदा अन्तिम रूप दिन सकेन । ५१औं मिनेटमा सावित्राको प्रहार फितलो हुँदै पोस्टको बाहिरतर्फ गयो । ६४औं मिनेटमा सबिताको क्रसमा सावित्राको शट प्रयास असफल रह्‍यो । त्यसलगत्तै प्राप्त ओपन चान्समा रेखाले बल भेट्न सकिनन् ।

८१औं मिनेटमा सविता रानामगरको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । इन्जुरी समयमा सावित्राले पोस्ट नजिकैको मौका गुमाउँदा त्यसको केही समयमै किर्गिस्तानले फ्रिकिक पाउँदा पोस्टको केही माथिबाट गयो ।

नेपालमा पहिलोपटक आयोजना भएको चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेल जिते पनि बाँकी खेलमा नेपालले निकै मिहिनेत गर्नुपर्ने देखिएको छ ।

प्रशिक्षक तामाङला२ पहिलो खेल जित्न कठिन भएकोले बगामी दुई खेलमा के लक्ष्य भनेर सोध्दा उनले सहज जरुपमै जितकै भनेर जवाफ दिए । तर नेपालले बाँकी दुई खेल जित्न भने धेरै पक्षमा सुधार गर्नुपर्ने जरुरी छ । ‘फरवार्डमा अली कमजोरी भयो । अब दुई दिनमा त्यसमा काम गरेर अर्को खेलमा राम्रो गर्नेछौँ ।’ नेपालले बिहीबार लेबनानसँग दोस्रो खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here