फनपार्कले बुझायो काठमाडौं महानगरलाई मनोरन्जन कर
१६ भदौ, काठमाडौं । भृकुटीमण्डपस्थिति काठमाडौं फनपार्कले काठमाडौं महानगरपालिकालाई १७ लाख ३६ हजार रुपैयाँ कर तिरेको छ । महागरपालिकाको २४ घण्टे अल्टिमेटमपछि बिहीबार फनपार्कले कर तिरेको हो ।
फनपार्कले मनोरन्जन करमात्र महानगरलाई बुझाएको छ । मनोरञ्जन शुल्कबाट उठेको पाँच प्रतिशत रकम मनोरञ्जन करबापत महानगरलाई बुझाइएको छ ।
बहाल कर समाज कल्याण परिषद्लाई तिर्ने गरी सम्झौता भएको छ । फनपार्कले व्यवसाय कर पनि तिर्न बाँकी छ। व्यवसाय कर भने वडामा बुझाउनु पर्ने नियम छ।
समाज कल्याण परिषदले ६० रोपनी जग्गा फनपार्कलाई भाडामा बुझाए पनि फनपार्कले विगत ७ वर्षदेखि कर तिरेको थिएन ।
बुधबार महानगरले २४ घन्टाभित्र कर बुझाउन अल्टिमेटम दिएपछि फनपार्कले कर तिर्न थालेको छ । अल्टिमेटमअनुसार बिहीबार फनपार्कले मनोरञ्जन कर मात्र बुझाएको छ ।
प्रतिक्रिया दिनुहोस्