फतुवा विजयपुरका नगरबासीलाई बिजुलीको बिल सित्तै

स्थानीय सरकारको उपस्थितिको अनुभूति गर्न कुनै ठूलो काम गर्नुपर्दैन । कुनै महात्त्वाकांक्षी योजना पनि अघि सार्नुपर्दैन । नागरिकसँग जोडिएका साना समस्या समाधान हुँदा पनि तिनमा सरकारको अनुभूति हुन्छ ।अझ, गरिब, विपन्नलाई त स्थानीय सरकारको सहयोगको अपेक्षा यति हुन्छ कि स-सानो समस्या समाधानले पनि उनीहरूको मुहार पुलकित हुन्छ । रौतहटको फतुवा विजयपुर नगरपालिकाले स्थानीयलाई यस्तै सुख दिएको छ । नगरबासीको बिजुलीको महसुल तिरिदिएर स्थानीयप्रति आफ्नो उपस्थिति जनाएको छ । गत असोजमा सम्पन्न भएको रौतहटको नगरसभाबाटै फतुवा विजयपुर नगरपालिकाले १ असोजदेखि नगरभित्रका सबैको विजुली महसुल तिरिदिने योजना ल्यायो । सोहीअनुसार नगरको किसान, अति विपन्न, गरिबलगायतलाई समेटेर नगरभरिका ८ हजार ६ सय घरधुरीको ३९ लाख महसुल तिरिदियो ……………………………….

https://frontlinecheck.com/public/user/ishnath

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here