प्रोटिनयुक्त खानपान उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

फाइल तस्बिर।

७ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रोटिनयुक्त खानपान उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित दोस्रो संस्करणको ‘राइट टु प्रोटिन रन हाफ म्याराथन’ कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।  उहाँले खेल क्षेत्रबाट स्वस्थ र अनुशासित जीवन पद्धतिको विकास हुने बताउनुभयो ।

frontline

प्रधानमन्त्री प्रचण्डले देश अहिले पोल्टी व्यवसायमा आत्मनिर्भर भएको धारणा व्यक्त गर्नुभयो । उहाँले वनस्पतिजन्य खाद्यान्नमा पनि हामी आत्मनिर्भर हुने र बालबालिकालाई त्यसका लागि आवश्यक पर्ने प्रोटिनको मात्रा उपलब्ध गराउने कुरामा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले अहिलेको सरकारले स्वास्थ्यको क्षेत्रमा नयाँ सुरुवात गर्ने तयारी गरेको भन्दै जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर केही नीतिगत र व्यवहारिक निर्णय गर्न लागेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘समग्रमा खेल क्षेत्रबाट स्वस्थ र अनुशासित जीवन पद्धतिको विकास गर्नेकुरामा जोड गर्दै आएका छौँ । नेपाल सरकारका तर्फबाट भइराखेका प्रयासहरू पर्याप्त छैनन् भन्नेकुरा तथ्य तथ्याङ्कले देखाएको छ ।

यस्ता कार्यक्रमले एकातिर पशुजन्य खाद्यान्नको विकासको निम्ति व्यवसायलाई उत्प्रेरित गर्छ भने गेडागुडीलगायतका खाद्यपदार्थको विकासमा पनि किसानहरूलाई उत्प्रेरित गर्छ । आत्मनिर्भरताको दिशातिर जानसक्छौँ । यतिबेला हामीले पोल्टी व्यवसायमा झण्डै आत्मनिर्भर भएका छौँ । यो खुसीको कुरा हो ।’’

प्रधानमन्त्री प्रचण्डले स्वास्थ्यको क्षेत्रमा सरकारले गर्नुपर्ने कामहरू धेरै रहेको भन्दै आगामी दिनमा जनमुखी सेवा प्रवाहका लागि आवश्यक नीति निर्माण गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here