प्रेस सेन्टर गोरखाको अध्यक्षमा दान बहादुर गुरुङ निर्वाचित

१३ कार्तिक, गोरखा : प्रेस सेन्टर नेपाल गोरखाको अध्यक्षमा इच्छाकामना एमफएका स्टेशन म्यानेजर दान बहादुर गुरुङ निर्वाचित हुनुभएको छ ।
आज सम्पन्न प्रेस सेन्टर गोरखाको चौथो अधिवेशनले गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । यस अघि उपाध्यक्ष रहनुभएका गुरुरुङ सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो।




यसैबिच उपाध्यक्षमा राजेश पौडेल, सचिवमा धन बहादुर तामाङ, सह–सचिवमा इच्छाकामना एफएमकै संगिता चेपाङ, दलित तर्फ सह–सचिवमा सन्दिप सुरनार र कोषाध्यक्षमा विमल श्रेष्ठ निर्वाचित भएका छन् ।
सदस्यहरुमा रमेश विष्ट ,जानुका धिताल, अनिश अर्याल मिलन ढकाल र नविन घिमिरे रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्