प्रेसरका विरामीलाई नगद अनुदान वितरण चन्द्रागिरी

चन्द्रागिरी नगरपालिकाले सुगर र प्रेसरका बिरामीलाई नगद अनुदान दिन सुरु गरेको छ । नगरपालिकाले ६० बर्ष माथिका स्थायी बसोबास गर्ने सुगर र प्रेसरको औषधि प्रयोगकर्तालाई औषधि खरिद गर्न नगद अनुदान दिने कार्य सुरु गरेको हो । 

सुगर र प्रेसरका बिरामीलाई आर्थिक सहयोगका लागि पालिकाले नगद अनुदानको सुबिधा उपलब्ध गर्ने कार्य सुरु गरेको हो। नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीका अनुसार त्रैमासिक रुपमा सम्बन्धित व्यक्तिको बैंक खातामै उक्त अनुदान रकम पुग्ने व्यवस्था मिलाएको  छ। उनका अनुसार प्रति रोगको मासिक रु ४०० र दुवै रोगको औषधि प्रयोगकर्तालाई मासिक रु ८०० वितरण गरिने छ।

frontline

उनले पहिलो चरणमा वडाका स्वास्थ्य चौकी मार्फत औषधि वितरण गरिएकोमा विभिन्न प्रकार र कम्पनीको औषधि प्रयोग हुने भएकोले नगद अनुदान दिने कार्य शुरु भएको बताए। उनका अनुसार पालिकाभित्रका करिब ७००० स्थानीय बासिन्दा सो सेवाबाट लाभान्वित हुने छन् । 

 नगरपालिकाले सो कार्यक्रम सञ्चालनका लागि घर दैलो नर्सिग सेवामा सहभागी हुन अनुरोध गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here