प्रादेशिक अस्पताल गौरमा स्वास्थ्य मन्त्रालयका सचिवद्वारा अनुगमन

रौतहट, गौर ।

मेवालाल यादव
मधेश प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयका सचिवले हिजो प्रादेशिक अस्पताल गौरको स्थलगत अनुगमन गर्नुभएको छ। अनुगमनको क्रममा सचिवले अस्पतालको सेवा–सुविधा, जनशक्ति व्यवस्थापन, औषधि आपूर्ति र भौतिक पूर्वाधारको अवस्था बारे जानकारी लिँदै सुधारका आवश्यक निर्देशनहरू दिनुभयो।

frontline

अनुगमन टोलीसँगै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अवधेश यादव पनि सहभागी हुनु भएको थियो।
सचिवले अस्पतालको आपतकालीन सेवा, प्रयोगशाला, औषधि वितरण कक्ष र प्रसूति वार्डको अवस्था प्रत्यक्ष अवलोकन गर्दै जनसाधारणलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउनेमा जोड दिनुभयो।

अध्यक्ष यादवले अस्पताल व्यवस्थापन पक्षबाट आवश्यक समन्वय र सुधारका कार्यहरू निरन्तर अघि बढाइरहेको बताउँदै प्रदेश सरकारले देखाएको चासोलाई स्वागत गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here