प्रहरी हस्तक्षेपविरुद्ध बार एसोसिएसनले भोलि सर्वोच्चका सम्पूर्ण इजलास बहिष्कार गर्ने

काठमाडौं : प्रहरी हस्तक्षेपविरुद्ध नेपाल बार एसोसिएसनले भोलि (शुक्रबार) सर्वोच्च अदालतका सम्पूर्ण इजलास बहिष्कार गर्ने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै बिहीबार बिहान सर्वोच्च पुगेका वकिमाथि प्रहरीले हस्तक्षेप गरेपछि बारले बन्दी प्रत्यक्षीकरणसमेतका मुद्दाको बहस समेत बहिष्कार गर्ने  निर्णय गरेको हो।

यस्तै बारले प्रधानन्यायाधीशविरुद्ध उत्रिन भोलि बिहान १० भित्र अदालतमा भेला हुन वकिललाई आग्रह गरेको छ। 

frontline

नाराबाजीका क्रममा प्रहरी र वकिलबीच धकेलाधकेल समेत भएको थियो। सोही क्रममा ६ जना वकिल घाइते भएका छन्। घाइते हुनेमा नेपाल बारका महासचिव लीलामणि पौडेल, पूर्व उपाध्यक्ष कुमार शर्मा आचार्य, नेपाल बारका केन्द्रीय सदस्य रमन श्रेष्ठ, उच्च बार पाटनका सादस्य मुकुन्द भट्टराई र नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराई हुन्। 

यस्तै बारले भोलिदेखि प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। करिब दुई हप्तादेखि प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बार आन्दोलित छ।

बारले दिनप्रतिदित आन्दोलनका कार्यक्रमलाई शसक्त बनाउँदै लगेको छ। बारले आजपनि सर्वोच्च परिसरमा जबराको राजीनामा माग्दै चर्को नाराबाजी गरेको थियो। बिहान १०:३० बजेदेखि ११:३० बजेसम्म सर्वोच्चमा धर्ना दिने बारको रणनीति छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here