प्रहरी महानिरीक्षकको ब्याचका अधिकृतले एसएसपीबाटै पाए अवकाश

श्रोत : ईन्टरनेट

 काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीको ब्याचका एक अधिकृतले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाटै अवकाश पाएका छन् ।

लागूऔषध नियन्त्रणमा ब्युरोका एसएसपी दिलीप चौधरीले ५५ वर्षे उमेर हदका कारण बुधबारबाट अवकाश पाएका हुन् ।

frontline

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाग्रह राखेका कारण आफू एसएसपीबाट घर जानुपरेको उनले आरोप लगाएका छन् ।

२०७४ सालको निर्वाचनमा परिवारले सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीलाई सहयोग नगरेको रिस आफूमाथि पोखिएको उनले टिप्पणी गरे ।

‘एमालेबाट चौधरी र कांग्रेसबाट विजय गच्छदार उम्मेदवार हुनुहुन्थ्यो, म सुनसरीमा पनि थिइँन,’ उनले भने, ‘परिवारले सहयोग नगर्दा र तत्कालीन सुनसरी एसपी विद्यानन्द माझी मेरो आफन्त भएकैले ममाथि प्रतिशोध साँधियो ।’

उनले प्रधानमन्त्री ओलीलाई भेट्न पटकपटक प्रयास गर्दा पनि नसकेको बताए ।

उनले भने, ‘आईजीपी, गृहसचिव लगायतलाई भेट्दा प्रधानमन्त्री नै सकारात्मक नभएको भन्ने सन्देश पाएँ ।’

प्रहरीमा यसखाले प्रवृत्ति कायमै रहे अन्य अधिकृतहरुको करियर पनि डामाडोल हुनसक्ने भएकाले आफूले त्यसबारे बोलेको चौधरीले बताए ।

उनी डीआईजीमा बढुवा भएको भए, थप महानिरीक्षकसँगै १९ वैशाख २०७९ मा अवकाश पाउँथे ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here