प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने निर्णय खारेज गर्न १४ पूर्वआइजीपीहरुको माग
बिहीवार, काठमाण्डु । नेपाल प्रहरीका पूर्वमहानिरीक्षकहरुले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (पुलिस एकेडेमी) सार्ने निर्णय खारेज गर्न माग गरेका छन् ।
बुधबार बालुवाटार पुगेका १४ जना पूर्वआइजीपीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने निर्णय खारेज गर्न माग गरेका हुन् ।
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ भदौ २१ गते महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई काभ्रेको पनौती सार्ने निर्णय गरेको थियो ।
उनीहरुले राजधानीको केन्द्रमा रहेको सुरक्षा अंग हटाएर हेलीप्याड बनाउने योजना गलत रहेको भन्दै नेपाल प्रहरीका लगभग ८० हजार बहालवाला प्रहरी र लाखौंको संख्यामा रहेका पूर्व प्रहरी कर्मचारीहरुको ऐतिहासिक एवं भावनात्मक सम्वन्ध गाँसिएको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको पूरै जग्गा (१३०–३–०–० रोपनी ) र प्रहरीका पूर्खाको रगत पसिनाले आर्जेको भौतिक सम्पत्ति समेत राष्ट्रपति कार्यालयको सुबिधा बढाउनका लागि तत्कालीन सरकारले गरेको निर्णय अदूरदर्शी, अव्यवहारिक र पूर्णतः अवैज्ञानिक रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्