प्रहरी दमनविरुद्ध नयाँ धारणा बनाउन बार छलफलमा

फाइल तस्बिर

२ मंसिर, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनका पदाधिकारीमाथि प्रहरी दमन भएपछि नयाँ धारणा बनाउन छलफल थालेका छन् ।

नेपाल बारका पदाधिकारीको छलफलमा आफूहरुले जारी राखेको आन्दोलनमा भएको प्रहरी दमनपछि अबको आन्दोलनको स्वरुप तय गरिने बारले जनाएको छ ।

frontline

सर्वोच्च अदालत परिसरमा भर्नाका बसेका नेपाल बार एसोसिएसनका वकिल र प्रहरीबीच आज धकेलाधकेल भएको थियो । सोहीक्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहितका कानून व्यवसायी घाइते भएका छन् ।

वकिलहरु मुख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा दुई पक्षबीच धकेलाधकेल हुँदै झडपसम्मको अवस्था आएको थियो ।

झडपका क्रममा श्रेष्ठलगायत सामान्य घाइते भएका हु्न् । श्रेष्ठले प्रहरीले लाठ्ठीले छातीमा घोचेर ठेलेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here