प्रहरी चौकीका इन्चार्जले प्रादेशिक अस्पतालमै मदिरा सेवन गरेर मोजमस्ती
धनगढी । एक प्रहरी चौकीका इन्चार्जले प्रादेशिक अस्पतालमै मदिरा सेवन गरेर मोजमस्ती गरेको घटना बाहिरिएको छ। उक्त घटना हो, जनकपुरको। मोजमस्ती गर्ने त्यहाँको जानकी मन्दिर परिसरमा रहेको प्रहरी चौकीका इन्चार्ज नागेन्द्र यादव हुन्।
केही दिनअघि उनी प्रादेशिक अस्पताल अगाडिको सिटीस्क्यान गर्ने ल्याबमा पुगेका थिए। रातिको समय थियो, सायद उनी ड्युटीमै थिए, प्रहरी पोशाकमा नै उनी ल्याबमा पुगेका थिए। ल्याबको एउटा कोठाको कुर्चीमा गएर यादव बस्छन्। उनलाई सेवा सत्कार त्यही ल्याबका एक कर्मचारीले ‘बियर’ ल्याइदिएर गर्छन्।
बियरले आफूलाई सत्कार गरेकाले हुनुपर्छ, यादवले उनलाई आफ्नो टोपी फुकालेर दिन्छन्, उनले लगाउँछन्। यसले प्रश्न उठाएको छ, के नेपाल प्रहरीले बियरको बदलामा आफ्नो पोशाक अरू कसैलाई दिन मिल्छ ?
यादव गएर ‘मोजमस्ती’ गरेको यो सिटीस्क्यान गर्ने ठाउँ हो, केदार यादव स्वामित्वको। सिटि स्क्यान ल्याबका सञ्चालक केदारले नागेन्द्रलाई मेजमानी गरेको यो पहिलो पटक भने होइन। स्रोतका अनुसार यी दुईको ‘राम्रो सम्बन्ध’ छ, एकअर्कालाई ‘सहयोग’ गर्ने परम्परा छ। उनीहरुले यस्तो गरेको भिडियो नै सार्वजनिक भएको छ।
प्रतिक्रिया दिनुहोस्