प्रहरीमाथि आक्रमण गर्नेलाई सबक सिकाएरै भएपनि पक्राउ गर्ने योजना, प्रहरीबाटै ‘मिस’

धरान । केही दिनअघि अर्थात यही जेठ १३ गते सुनसरीको धरान १५ स्थित अस्थायी प्रहरी चौकीभित्र दुई जना युवाहरु आफ्हरु कसैबाट असुरक्षित महसुस भएकाले र ज्यान जोगाइदिन भन्दै सरण लिन पुग्छन् । त्यही दुई युवाहरुलाई पिछा गर्दै घरेलु हतियार खुकुरी र तरवारसहितको १० जनाको समूहमा आएका युवाहरु एक्कासी आएर प्रहरीमाथि अन्धाधुन्द आक्रमण गर्न थाल्छन् । घटनामा परी असई सुमन दाहालसहित चार जवानसमेत घाइते हुन्छन् । दिनदहाडै प्रहरी चौकीमा आएर प्रहरी नै आक्रमण गरी घाइते बनाएर भाग्ने समूहका मुख्य नाईकेद्वय थिए रेगन लिम्बू र बशन्त राई ।

त्यसपछि…
प्रहरी उनीहरुको खोजी कार्यमा तीब्र तयारीका साथ जुट्छ । खासगरी धरानमा भएको घटना भएकाले यो सुनसरी प्रहरीको ठूलो चासोको विषय बन्यो । संगठनको प्रतिष्ठामाथि नै प्रश्न उठ्ने गरी घटेको घटनापछि संलग्नलाई सबक सिकाउनकै लागि पनि गतिलो निर्णय लिनुपर्ने बाध्यता थियो सुनसरी प्रहरीलाई । त्यही अनुसार जसरी भएपनि सडकमै सबक सिकाउने अर्थात नियन्त्रणमा लिनअघि कम्मर मुनी गोली प्रहर गरेरै भएपनि नियन्त्रणमा लिने योजना बन्यो ।

frontline

घटनालगतै भित्रभित्रै संलग्नहरुको लोकेशन ट्रेस गर्न थालेको सुनसरी प्रहरीलाई विस्वासिलो सूत्रबाट एउटा खबर प्राप्त हुन्छ । जहाँ ‘आक्रमणकारी नाइकेद्वोय रेगन र वसन्त धनकुटास्थित छथर जोरपाटी गाउँपालिकाको वडा नम्बर ३ स्थित एकान्तबस्ती क्षेत्र बन्चरे भन्ने ठाउँमा लुकेर बसेका छन् ।’ सूत्रको सूचना पछ्याउदै जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान र प्रदेश प्रहरीको ‘रिट’ समूहबाट विशेष तालिमप्राप्त एक दर्जनको संख्यामा प्रहरी ‘मिसन बन्चरे’का परिचालित हुन्छ ।

प्राप्त गोप्य सूचनामा भनिएको थियो, ‘७ जना बन्चरेमै लुकिछिपी बसीरहेका छन् ।’ घटनामा संलग्न जम्मा १० जना भएपनि यसअघि नै ३ जना समातिएका थिए । उनै बाँकी ७ जनाको खोज तलासका लागि घटनाको १२ दिनयता लगातार अप्रेसनमा खटिएको टोली रातारात अप्रेशनमा जुट्यो । भोक, निन्द्रा र प्यासलाई थाती राख्दै प्रहरी संगठनको प्रतिष्ठालाई उच्च बनाइरहन उनीहरुका लागि ठूलो चुनौति थियो । जेठ २२ गते शनिबार कर्मीडाँडाबाट बन्चरे अर्थात जहाँ संलग्नहरु लुकेर बसेको ठाउँसम्म प्रहरी टोली पुग्न सफल हुन्छ । त्यस्पछि त्यहाँको एकान्त एक बस्तिमा उनीहरू दुई दिनदेखि गाउँलेलाई धम्काउँदै बसेको सूराक पनि प्रहरीले पाउछ । गाउँले धम्क्याउदै बसीरहेको रेगन समूह खोज्न रातको ९ः०० बजे हिँडेर बिहानको २ः०० बजे प्रहरीको संयुक्त टोली सम्भाबित घर घेरा हाल्दै बन्चरे पुगेको हुन्छ । नजिकै सोतोको धना जंगल हुँदै प्रहरीले बन्चरेका केही घरमा छापा मार्छ । लुकेर बसेको सो समूह बस्ने घर र प्रयोग भएको सिरक डस्ना पहिचान हुन्छ । तर, जुनघरबाट मुख्य अभियुक्त पहिला नै भागीसकेका हुन्छन् ।

प्रहरीले फरारहरुको पिछा सूत्रहरुबाट गरिरहन्छ । बन्चरेमा निकै पातलो बस्ति भएका कारण पनि उनीहरू जंगलमै लुकेको आशंकामा खोजतलास गर्छन् । लगातारको अप्रेसनले थकित प्रहरी आराम गदै चाउचाउ र बिस्कुटले भोक मेट्दै तेह्रथुमको शुक्रबारे बजारसम्म पुग्छन् । बन्चरे र कर्मी डाँडालाई आधार बनाएर जिल्ला प्रहरी कार्यालय धनकुटाको थप प्रहरीको सहयोग लिई घेरा हाल्दै खोज्ने काम हुन्छ । दुई दिनदेखिको भोकले पनि उनीहरू बाहिर निस्कने सक्ने अनुमानले प्रहरी बस्ति तथा बजारमा समेत परिचालित भएको हुन्छ । सोमबार साँझ सर्चमा खटिएको प्रहरी टोलीलाई उनीहरू एक गोठमा लुकेको सूचना प्राप्त हुन्छ । पछ्याउँदै जाँदा निकै नजिक पुगेको टोलीभन्दा अगाडि धनकुटा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन्छ । तर धनकुटा प्रहरीले भने उनीहरूले आफन्तको समन्वयमा आत्मसमर्पण गरेको बताएको छ ।

इन्काउन्टर हुने डर
पक्राउ परेका नाइके रेगन लिम्बू र वसन्त राईको अवस्था र हुलिया हेर्दा उनीहरू प्रहरीबाट बच्न प्राय जंलमै रात कटाउने गरेको प्रहरी स्रोत बताउँछ । उनीहरू भोकले निकै ग्रसित थिए भने उनीहरूमा प्रहरी इन्काउन्टर हुने हो कि भन्ने त्रासमा थिए । तर अप्रेसनमा खटिएको प्रहरीको संयुक्त टोली उनीहरूलाई कम्मरभन्दा मुनि गोली हानेर भएपनि पक्राउ गर्ने रणनीतिमा थिए । प्रहरीमाथि आक्रमण गर्ने यस्ता समूहको मनोबललाई गिराउनकै लागि भए पनि अप्रेसनमा खटिएको संयुक्त टोलीलाई गोली हान्नु भनेर स्पष्ट आदेश दिइएको प्रहरी स्रोत बताउँछ । अहिले प्रहरी नियन्त्रणमा आएका दुवै जना प्रहरीमाथि खुकुरी चलाउने व्यक्ति थिए र उनीहरूकै उक्साहटमा समूह लिएर चौकीमा आक्रमण भएको थियो’ प्रहरी स्रोत भन्छ ।

यी दुई जना प्रहरी नियन्त्रणमा आउने विषयमा धनकुटा प्रहरीको भूमिकाप्रति सुनसरी प्रहरी असन्तुष्ट देखिएको छ । घटना सुनसरीमा घटेका कारण पनि खोजतलासमा खटिएको संयुक्त प्रहरीले नै उनीहरूलाई पक्राउ गर्ने अन्तिम अवस्था हुँदाहुँदै धनकुटा प्रहरी आक्रमणकारीको आफन्तको दबाबमा आएर आत्मसमर्पण गराउने वातावरण बनाएको प्रहरी स्रोतको आरोप छ । यो घटना र आक्रमणकारी पक्राउ गर्नु सुनसरी प्रहरीको साखको विषय थियो । प्रहरीमाथि आक्रमण गर्नेलाई सबक सिकाएरै भएपनि पक्राउ गर्ने योजना प्रहरीबाटै ‘मिस’ भएको प्रति सुनसरी प्रहरी असन्तुष्ट भएको हो ।

४ दिनदेखि सुनसरी र प्रदेशको संयुक्त प्रहरी टिम लगातार फिल्डमा खटिरहेको थियो । अन्तिममा आएर प्रहरीका केही व्यक्तिले नै यस्ता अपराधीलाई प्रहरी कार्यालयमा आत्मसमर्पण गराउन सहयोग गरिन्छ भने फिल्डमा खटिने प्रहरीको मोरलको कस्तो होला ?’ प्रहरी स्रोतको प्रश्न छ । धरान प्रहरीमाथि आक्रमण गर्ने नाइके रेगन÷वसन्त राईका आफन्तको दबाबमा धनकुटाका डिएसपी सन्तुलाल जैसवालले आत्मसमर्पणको वातावरण बनाउने काम गरेको आरोप लगाइएको छ । यस विषयमा जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी जैसवाल दुवैलाई पक्राउ नै गरिएको दाबी गर्छन् । तर उनले विभिन्न सञ्चारमाध्यममा दिएको भनाइमा भने आफन्त र जनप्रतिनिधिको साथ प्रहरी कार्यालयमा उपस्थित भएर आत्मसमर्पण गरेको बताएका थिए ।

घटनाको भोलिपल्ट रेगन लिम्बूको पथरीस्थित दिदी भिनाजुको घरमा घटनामा प्रयोग भएको मोटरसाइकल राखी भिनाजुको मोटरसाइकल लिएर दुवै जना धनकुटा पुगेको पक्राउ परेकाहरुले बयान दिएका छन् । रेगन र बशन्त नियन्त्रणमा आएसँगै अन्य ५ जना अझै भागीरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here