प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने तयारी

२९ चैत, काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने तयारी अघि बढाइएको छ ।

प्रसाईंले तीनकुने प्रदर्शनमा आफैंले चलाएको गाडीले प्रहरीलाई पेल्दै अघि बढेका थिए । अश्लिल शब्द बोल्दै सुरक्षामा खटिएका प्रहरीलाई पेल्दै हिँडेको भिडियो सार्वजनिक भएको थियो ।

frontline

प्रहरी स्रोतका अनुसार, उक्त भिड नियन्त्रणमा खटिएका केही प्रहरीले नै प्रसाईंविरुद्ध जाहेरी दिने तयारी छ ।

प्रसाईंलाई शुक्रबार नै म्याद थप गर्ने तयारी भइरहेको छ । अहिले प्रहरीले म्याद थपका लागि आवश्यक कागजात तयार गरिरहेको छ ।

भारतबाट नियन्त्रणमा लिएर प्रहरीले उनलाई झापाको भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याइँदै छ ।

गत १५ गते तीनकुनेमा भएको प्रदर्शनयता फरार रहेका प्रसाईंलाई बिहीबार राति प्रहरीले भारतबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here