प्रयोगकर्ताको खातमा भएको रकमका साथै मोबाइलको सम्पूर्ण डेटा समेत उड्ने एन्ड्रोइड
१६ माघ, काठमाडौं । प्रयोगकर्ताको बैंक खातामा पहुँच बनाई त्यहाँबाट पैसा निकाल्ने ट्रोजन अझ प्रभावकारी रूपमा फैलिएकाे पाइएको छ । ‘ब्राता’ (BRATA) नामक यो बैंकिङ-फ्रड ट्रोजन तीन वर्षअघि पहिलो पटक फेला परेको थियो ।
यसले सुरुवाती चरणमा एन्ड्रोइड प्रयोगकर्ताको बैंक खातमा पहुँच बनाउने मात्रै गर्दै आएको थियो । तर, अब भने बैंक खातमा पहुँचमात्र नबनाई प्रयोगकर्ताको मोबाइललाई पूर्ण रुपमा रिसेट गर्नसक्ने एक अनुसन्धानले उल्लेख गरेकाे छ ।
त्यो हुँदा प्रयोगकर्ताको खातमा भएको रकमका साथै मोबाइलमा रहेको सम्पूर्ण डेटा समेत उड्ने देखिएको छ ।
यो मालवेयर विशेषगरी गुगल प्ले स्टोर र थर्ड-पार्टी मार्केटप्लेस, पुश नोटिफिकेशन, ह्याकरको नियन्त्रणमा रहेको वेबसाइट, स्पोन्सर लिंक, ह्वाट्सएप तथा गुगल म्यासेज लगायतबाट प्रयोगकर्ताको एन्ड्रोइड डिभाइसमा छिर्ने गरेको छ ।
यसले सुरुवातमा ब्राजिलका प्रयोगकर्तालाई आफ्नो निशाना बनाएको थियो । तर, अब भने यो अमेरिका, युरोप, ल्याटिन अमेरिकामा पनि यो सक्रिय भएको जनाइएको छ ।
ब्राताको नयाँ क्षमताको विषय सेक्युरिटी फार्म ‘क्लिफी ल्याब’ ले फेला पारेको हो ।
ल्याबका अनुसार ब्रातामा जीपीएस ट्रयाकिङ, थप प्रभावकारी सर्भर, बैंक एपलाई निरन्तर निगरानी गर्न सक्ने क्षमताका साथै अन्य देशमा रहेको बैंकको समेत निगरानी गर्न सक्ने गरी नयाँ फिचर थप भएका छन् ।
प्रतिक्रिया दिनुहोस्