प्रमुखको गाडी तोडफोड
मेलम्ची बाढीपीडित युवा धर्म भण्डारीलाई करेन्ट लागेर मृत्यु भएकाे विषयमा मेयर अर्यालले कुनै पनि प्रभावकारी भूमिका नखेलेको भन्दै पीडितले उनि सवार गाडी फुटाएको
काठमाडौं । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर प्रसाद अर्याल चढ्ने नगरपालिकाको गाडी तोडफोड भएको छ ।
मेलम्ची बाढीपीडितहरुले पीडितका पक्षमा प्रभावकारी ढङ्गले काम नगरेको भन्दै पीडितहरुले मेयर सवार गाडी तोडफोड गरेका हुन् ।
नगरपालिकाको स्वामित्वमा रहेको बा २ झ १६५० नम्बरको स्कोर्पियो पीडितले तोडफोड गरेका हुन् ।
मेलम्ची बाढीपीडित युवा धर्म भण्डारीलाई करेन्ट लागेर मृत्यु भएकाे विषयमा मेयर अर्यालले कुनै पनि प्रभावकारी भूमिका नखेलेको भन्दै पीडितले उनि सवार गाडी फुटाएको बताइएको छ ।
मेलम्ची बाढीले भुइँमा ढलेको बिजुलीको तारमा विद्युत प्रवाह गरेका कारण मेलम्चीका एक बाढीपीडित युवाको निधन भएको थियो ।
सो विषयमा मेयर अर्याल जिम्मेवार नदेखिएपछि गाडीलाई तोडफोड गरेको पीडितहरुले जनाएका छन् ।
यस विषयमा इलाका प्रहरी चौकीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्