प्रभु साहले पत्रकार मेवालाल यादव सहित ९ जना ऊपर गराए गाली बेइज्जती मुद्दा ।


रौतहट २५ साउन

गौर हत्याकाण्डका योजनाकार प्रभु साह रहेको भन्दै भएको विभिन्न हत्याकाण्डको छानविन गरी कÞानूनी कार्यवाही गर्नु पर्ने मांग राख्दै गठन भएका ६ दलीय मोर्चाले काउंटर जुलुस साउन ९ गते निकालेको र सो रैलीको समापन कार्यक्रममा सम्वोधन गरेका नेता तथा समाचार प्रसारण गरेका पत्रकार मेवालाल यादव माथि मुद्दा दर्ता गराइएको छ ।

frontline

गौर हत्याकाण्डको यथार्थ जानकारी गराउने उदेश्यले गठन गरिएको सर्वदलीय सर्वपक्षीय संघर्ष समिति रौतहटका सदस्य माथि रौतहट जिल्ला अदालत गौरमा मुद्दा दायर भएको छ ।
आम जनता पार्टीका केंद्रीय अध्यक्ष एवं रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य प्रभु साहले मोर्चाको सदस्य सहित ९ जना माथि साउन १९ गतेमा गाली बेइज्जती मुदा दर्ता गराएको हो । अध्यक्ष साहले आफ्नो हकमा वारेश ठगा दास मार्फत मुदा दर्ता गराएका छन ।
२०६३ साल चैत्र ७ गतेका दिन गौर राइस मिलमा भएको तत्कालीन मधेशी जनाधिकार फोरम नेपाल र नेकपा माओवादीका कार्यकर्त्ता विच भएको झड़प परी मृत्यु भएका २८ जना माओवादी कार्यकर्त्ताको हत्यामा संलग्न रहेकालाइ कÞानूनी कार्यवाही गर्न दवाव सृजना गर्ने उदेश्यले साउन १ गते गौर हत्याकाण्ड पीडि़त संघर्ष समितिले गौरमा प्रदर्श गर्दै ज्ञापन पत्र बुझाएका थिए ।

प्रभु साहले दिएको गाली बेइज्जती मुदामा मोर्चाका संयोजक रहेका पूर्व प्रदेश सभा सदस्य राम किशोर प्रसाद यादव , नेपाली कांग्रेसका जिल्ला सभा पति एवं प्रदेश सांसद जीतेन्द्र यादव , पूर्व राज्य मंत्री योगेन्द्र यादव , जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष श्याम बिहारी यादव , रामेश्वर प्रसाद यादव , नेकपा एकीकृत समाजवादीका ब्रिज किशोर यादव , जानकी टेलिभिजन जनकपुरधाम , प्रस्तोता साजन यादव र सम्बाददाता नेवालाल यादव लाइ विपक्षी बनाइएको छ ।
फिराद पत्रमा विपक्षीहरुले विना आधार प्रमाण आरोप लगाई चरित्र हत्या गर्नुको साथै मान मर्यादा माथि प्रहार गरेको ले हदै सम्मको कानुनी कार्वाही गरि छतिपुर्ती समेतको माङ दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here