प्रभु बैंकले २ लाख २,१८६ कित्ता संस्थापक सेयर लिलाम बिक्री गर्ने
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । दुई लाख २ हजार १८६ कित्ता संस्थापक सेयर लिलाम बढाबढबाट बिक्री गर्ने बैंकले जनाएको छ ।
उक्त सेयर खरिदका लागि साउन १५ गतेदेखि २९ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । बिक्री गरने सेयर संस्थापक समूहमा नै रहने गरी लिलाम बिक्री गर्न लागेको बैंकको भनाइ छ ।
सेयर खरिदका लागि संस्थापक सेयरधनी, ईच्छुक व्यक्ति तथा संगठित संस्थाले आवेदन दिन सक्नेछन् ।
शेयरको न्यूनतम मूल्य २१० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १००० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने सोभन्दा बढीको लागि १० ले भाग जाने संख्यामा वा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्