प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा काम गर्नेले खातामा आएको रकम पाए

Exif_JPEG_420

मेवालाल यादव

frontline

रौतहट । रौतहटको बौद्धिमाइ नगरपालिका–३ मटीअर्बामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत काम गरेका श्रमिकहरुले खातामा आएका अनुसारको रकम पाएका छन् । गरिब, विपन्न परिवारका व्यक्तिलाई १०० दिने रोजगारी दिने उदेश्यले सञ्चालन भएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत ५६ दिन काम गरेबापतको रकम ३६ हजार ३ सय रुपैयाँ बुझेको काम गरेका स्थानीय मेघु राउत कुर्मीले बताए ।

नगरपालिकाले दिएको ७ जनाको रोजगारीमा खटेका स्थानीय नथुनी महतो, जैतुन खातुन, माया देवी, अरुणकुमार गुप्ता, सोनेलाल बैठा र रिना कुमारी कुशवाहाले काम गरेबापतको खातामा आएका रकम ३६ हजार ३ सय बुझी लिएको बताएका छन् । वडाध्यक्ष मनिभुषण साहले परिश्रमको रकमबाट कमिसन लिएको भनि सामाजिक सञ्जालमा दिएको अभिव्यक्ति आक्रोसको उपज रहेको उनीहरुले बताएका छन् ।

आफूहरू आक्रोसित भएर वडाध्यक्ष साहमाथि गलत टिप्पणी गरेको भने काम गरेको दिनको बैंकमार्फत आएको रकम वडाध्यक्षमार्फत लिइसकेको सोनेलाल बैठाले बताए । वडाध्यक्ष साहले नगरप्रमुख प्रदीप यादवले ७ जनालाई मात्र राख्ने गरी दिएको कोटा अनुसार ७ जनालाई रोजगारी दिएको र उनीहरुले कामसमेत गरेको बताए ।

नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुसार दैनिक रुपमा पाउनुपर्ने ज्यालादारी अनुसारको रकम काम गर्ने व्यक्तिको खातामा नै गएको र सो अनुसारको रकम पाइसकेको उनले प्रस्ट पारे ।

राजनीतिक प्रतिसोध साध्नका लागि विपक्षीहरू आफूविरुद्ध उचालेर गलत आरोप लगाउने कार्य गरेको उनले दाबी गरेका छन्

राजनीतिक प्रतिसोध साध्नका लागि विपक्षीहरू आफूविरुद्ध उचालेर गलत आरोप लगाउने कार्य गरेको उनले दाबी गरेका छन्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here