प्रधानमन्त्री, शेरबहादुर देउवा अध्यक्ष ओलीबीच भेटवार्ता

२३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। सिंहदरवारमा सोमबार दिउँसो उनीहरूबीच भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले पुष्टि गरे।

उनका अनुसार समसमायिक राजनीतिक र सार्वजनिक महत्वका विषयमा उनीहरूबीच छलफल भएको हो। २६ पुसमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवासँग सशंकित छन्। 

frontline

राष्ट्रपतिमा कांग्रेसले भाग खोजेको भन्दै एमाले अध्यक्ष ओली असन्तुष्ट छन्। १० पुसको सहमतिअनुसार एमालेले राष्ट्रपतिमा दाबी गर्दै आएको छ।

तर कांग्रेसले विश्वासको मत दिएसँगै प्रधानमन्त्री प्रचण्डले पनि राष्ट्रिय सहमति गर्नुपर्ने धारणा राख्दै आएका छन्। यसबीचमा कांग्रेसले पनि राष्ट्रपति आफूहरूले भनेकै व्यक्ति बन्ने दाबी गर्दै आएको छ। 

स्रोतका अनुसार राष्ट्रपतिको निर्वाचनका विषयमा पनि उनीहरूबीच छलफल भएको हो। राष्ट्रपतिमा राष्ट्रिय सहमति कसरी गर्न सकिन्छ भन्ने कुरामा सामान्य छलफल भएको स्रोतको दाबी छ।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here