प्रधानमन्त्री मोदीद्वारा राष्ट्रपति कोविन्दलाई जन्मोत्सवको शुभकामना व्यक्त

नयाँदिल्ली, असोज १५ (रासस-एएनआई) भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति रामनाथ कोविन्दको ७६ औं जन्मोत्सवको उपलक्ष्यमा उहाँको सुस्वास्थ्य र दीर्घ जीवनको निम्ति शुभकामना व्यक्त गर्नुभएको छ।

शुक्रबार राष्ट्रपति भवन पुग्नुभएका प्रधानमन्त्री मोदीले शुभकामना व्यक्त गर्दै राष्ट्रपति कोविन्द गरीब र सीमान्तकृत वर्गको उत्थान र तिनीहरूको सामाजिक मूल प्रवाहीकरणकोका निम्ति उदारहणीय नेता रहनुभएको बताउँनुभएको छ।

frontline

प्रधानमन्त्री मोदीले ट्वीटमा लेख्नुभएको छ, ‘राष्ट्रपति कोविन्दको शालीन र भद्र व्यक्तित्वका कारण उहाँ सिङ्गो देशको निम्ति समर्पित हुनहुन्छ।’

राष्ट्रपति कोविन्दले २५ जुलाई २०१७ मा भारतको १४ औं राष्ट्रपतिका रूपमा शपथ ग्रहण लिनु भएको थियो। —–

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here