प्रधानमन्त्री पत्नी राधिका शाक्यले सवै खर्च बेहोरेपछि अस्पतालमा बन्धक बेगम खातुनको डिस्चार्ज

श्रोत : ईन्टरनेट

काठमाण्डौ । उपचार खर्च तिर्न नसकेर जनकपुरधामस्थित आर्या केयर अस्पतालमा बन्धक बनेकी धनुषाकी क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुन डिस्चार्ज भएकी छन  ।

प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले अस्पतालमा लागेको सवै उपचार खर्च बेहोर्दै शुक्रवार नै उनलाई डिष्चार्ज गराएकी हुन ।

frontline

यही असार १७ गते खातुन अस्पताल भर्ना हुनुभएको थियो ।

शल्यक्रिया गरी एक छोरा र एक छोरी जुम्ल्याहा बच्चा जन्म दिएकी खातुनलाई असार २१ गते नै अस्पतालले डिस्चार्ज गरेको थियो तर उपचार खर्चबापत रु एक लाख १० हजार बुझाउन नसक्दा उनि  चार दिनदेखि बन्धक बन्नुपरेको समाचार संचार माध्यममा आएका थिए।

सो सुचना प्राप्त गरेपछि  प्रधानमन्त्री पत्नी शाक्यले बिहीवार नै प्रहरीको सहयोगमा अस्पतालको सवै उपचार खर्च आफूले बेहोर्ने जानकारी गराई खातुन र बच्चालाई मुक्त गराएकी हुन ।

यसअघि उपचार खर्च तिर्न नसकेको भन्दै अस्पताल प्रशासनले खातुनलाई जनरल वार्डमा राखेर घर जानबाट वञ्चित गरेको थियो ।

खातुनका ३१ वर्षीय श्रीमान् मोहम्मद समीर नदाफले आफन्त र गाउँमा अस्पताललाई तिर्नुपर्ने पैसा खोजे पनि पूरा रकम व्यवस्था गर्न नसकेको र सुत्केरी  अस्पतालमै बन्धक बनेको  समाचार पढेपछि शाक्यले  अस्पतालको रकम जम्मा गरिदिने बताउदै खातुनलाई घर फर्काएकी थिइन्  ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here